मंगलसेन बजारका ८६ वटा पशलमा नगरपालिकाकाे अनुगमन

Kirci Gyan Kendra

टेक बहादुर थापा, अछाम:

Samajik New Add 2082

दशै तिहारलाई मध्यनजर गर्दै मंगलसेन नगरपालिकाले बजार अनुगनलाई तिब्रता दिएको छ । यस भन्दा अघि पनि पटक–पटक बजार अनुगमन गरेको पालिकाले आईतबार पनि बजार अनुगनम गरेको हाे ।

Saud Agro Kailash

चाड पर्वको समयमा बजार क्षेत्रमा म्याद नाघेका खानेकुराहरु पाईने, ब्यापारीहरुले मनपरी ढंगले सामानको मुल्य बढाउने र सरसफाई नभएको गुनासो आउन थालेपछि नगरपालिकाले बजार अनुगमनलाई तिब्रता दिएको छ । आईतबार मंगलसेन बजार क्षेत्रमा ८६ वटा पसलका १६ वटा बिषय बस्तुको अनुगमन गरिएको र मूल्य शुचि र साईनबोर्ड नराखेको पसललाई ३ दिन भित्र राख्न र व्यावसाय दर्ता तथा नबिकरण नगरेकोलाई ७ दिन भित्र गर्नुभनि निर्देशन दिईएको छ भने बहालमा रहेका व्यापारीलाई घर बहालको १० प्रतिशत रकम नगरपालिकामा बुझाउनु समेत सचेत गराइएको सुचना अधिकारी बिष्णु प्रसाद जैशीले जानकारी दिनुभएको छ ।

नगरपालिकाको निरन्तर बजार अनुगमनको कारणले पहिलेको भन्दा धेरै सुधार आएका सुचना अधिकारी जैशीको भनाई छ । अहिले पनि केही पसलहरुमा म्याद नाघेका अखाद्य वस्तुहरु भेटिएकाले त्यस्ता सामानहरु जफतगरि नष्ट गरिएको, मुल्य सुची नाखेका पसलहरुलाई तत्काल मुल्य सुची राख्न अनुरोध गरिएको र नबिकरण नगरिएका पसलहरुलाई तत्काल नबिकरणको प्रकृया अगाडी बढाउन निर्देशन दिइएको नगरपालिकाका स्टोर शाखा प्रमुख नरेश बहादुर कठायतले बताउनुभयो ।

अनुगमन टोलीमा मंगलसेन नगरपालिका उप प्रमुख संगीता रावल सोडारी, जिल्ला प्रशासन कार्यालय अछामका जिवराज उपाध्याय, घरेलु तथा साना उद्योग कार्यालय अछामका चेतराज पनेरु, उद्योगवाणिज्य संघ अछामका महासचिव छत्र बहादुर बोहरा, मंगलसेन बजार विकास समितिका अध्यक्ष गोपाल बोगटी लगायत सरोकारवालाको सहभागिता रहेको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.