मंगलसेन बसपार्क क्षेत्रमा बालक्लब गठन गरिएको छ । बालबालिकाहरुकाे एक भेलाले टेकेन्द्र धामीकाे अध्यक्षतामा क्लब गठन गरिएको हाे ।
क्लबकाे उपाध्यक्षमा दिपक थापा र कञ्चन धामी, सचिवमा दिपा बुढा, सह सचिव आरती बाेगटी र सबिन तामाङ तथा काेषाध्यक्षमा महेश शुनार लगायत २३ सदस्य रहेका छन ।
भेला मार्फत क्लबकाे नाम “रुपान्तरण बालक्लब” राख्ने, क्लबकाे काेष बनाउने, विभिन्न सामाजिक अभियानहरु संचालन गर्ने र सचेतनामुलक कार्यमका लागि विभिन्न निकायसँग सहकार्य गर्ने निर्णय समेत गरिएको छ । यस्तै दिपक थापालाई क्लबकाे सल्लाहकारमा चयन गरिएको छ ।
क्लबले बसपार्क क्षेत्रमा संचालन भैरहेको शनिबारिय सरसफाइ अभियानलाई पूर्णरूपमा सहयोग गर्ने र सहभागी हुने समेत क्लबले जनाएको छ ।
