अखिल क्रान्तिकारी अछामको संगठन विस्तार अभियान जारी

जाल्पेश्वरीमा अखिल क्रान्तिकारीको ईकाई कमिटी गठन

Kirci Gyan Kendra

१३ पौष (चक्र प्रशाद जैसी ) मंगलसेन – नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी अछामको संगठन विस्तार अभियान जारी रहेकोे छ ।

Samajik New Add 2082
Saud Agro Kailash

अभियान अन्तर्गत आज पंचदेवल विनायक नगरपालिका वडा नम्बर १ मा रहेको जाल्पेश्वरी माध्यमिक विधालयमा इकाइ कमिटी गठन गरिएको छ । विद्यालयमा मंगलबार आज भएको एक कार्यक्रमका बिच हेमन्त संज्यालको अध्यक्षतामा २१ सदस्यीय इकाइ कमिटी गठन गरिएको हो ।

इकाई कमिटी गठन कार्यक्रममा बोल्दै अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य तथा अछाम जिल्ला इन्चार्ज दिपेन्द्र जैयगडिले जनयुद्धको आधार इलाका कुइकाको नादिमा पुगेर जनयुद्धका महान सहिदहरुको अधुरो सपना एकीकृत जनक्रान्तिले पूरा गर्ने बताउनुभयो ।

संगठन विस्तार अभियानमा नेकपा पार्टीका सचीव चट्टान धामी, युवा संगठन नेपालका केन्द्रिय सदस्य कुमार खत्री, अखिल क्रान्तिकारी जिल्ला संयोजक कमला बिष्ट लगायतको उपस्थिति रहेको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.