अछामका ७ जनाको कोरोना रिपोर्ट नेगेटिभ, सक्रिय संक्रमितको संख्या १ जना मात्र

चक्र प्रशाद जैसी, अछाम १८ असोज ।

Samajik New Add 2082

अछाममा आज गरिएको कोरोना परिक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । जिल्ला अस्पतालमा आज ७ जनाको स्वाव संकलन गरी भएको एन्टीजेन परिक्षणमा सातै जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय अछामका कोभिड फोकलपर्शन तथा मेडिकल ल्याव अधिकृत मीन बहादुर कुवँरले बताउनुभयो ।

उहाँका अनुसार आज मंगलसेनका ७ जनाको कोरोना परीक्षण गरिएको थियो । यसैबिचः जिल्लामा पछिल्लो समय कोरोना भाईरसका सक्रिय संक्रमितको संख्या घट्दो क्रममा छ । यो समाचार तयार पार्दा सम्म जिल्लामा सक्रिय संक्रमितको संख्या १ जना मात्रै रहेको स्वास्थ्य कार्यालय अछामले जनाएको छ । यो संगै जिल्लामा कोरोना संक्रमणको दोस्रो लहरमा संक्रमण मुक्त हुनेको संख्या २ हजार ७ सय २१ जना पुगेको स्वास्थ्य कार्यालय अछामको तथ्यांकमा उल्लेख गरिएको छ ।

यस्तै केहिदिन देखी कमलबजार पिसिआर प्रयोगशालामा कोरोना परिक्षण भएको छैन । स्वाव संकलन नभएकाले परिक्षण नभएको स्वास्थ्य कार्यालय अछामका कोभिड फोकलपर्शन तथा मेडिकल ल्याव अधिकृत कुवँरले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.