
अछामको मेल्लेख गाउँपालिका पालिका स्तरीय बालमैत्री स्थानीय शासन समिति पुन: गठन गरेकाे छ । मेल्लेख गाउँपालिकाकाे समन्वय आस्था नेपालकाे आयाेजना वल्र्ड भिजन इन्टरनेशनल नेपालकाे प्राविधिक सहयोगमा समिति पुनः गठन गरिएको हाे ।


समिति मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिं साउदकाे अध्यक्ष्यतामा निर्देशिका अनुसार ३१ सदस्यीय बालमैत्री स्थानीय शासन गाउँ समिति पुनः गठन गरिएको जनाएको छ । जस्का सदस्यहरुमा स्थानीय जनप्रतिनिधि लगायत सराेकारवालकाे सहभागिता रहेकाे छ । बालमैत्री स्थानीय शासन अवलम्बन कार्यनयन र स्थानीय शासन प्रर्वद्वन गर्न समिति गठन गरेकाे मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिं साउदले बताउनु भयो ।

समिति पुनः गठन कार्यक्रमकाे संचालन आस्था नेपालका फिल्ड अधिकृत भ्वान सिंह सार्कीले गर्नु भएको थियो ।
