
१३ माघ (चक्र प्रशाद जैसी) मंगलसेन – एक महिने मोवाईल मर्मत सम्बन्धि सीप बिकास तालिम मंगलसेनमा सम्पन्न भएको छ । स्वदेशी उत्पादन अभियान, उद्यमीको सम्मान भन्ने नाराका साथ सुुरु भएको एक महिने तालिम आज सम्पन्न भएको हो ।

घरेलु तथा साना उद्योग कार्यालय मंगलसेन अछामको आयोजनामा भएको समापन कार्यक्रमको अध्यक्षता कार्यालय प्रमुख भिम बहादुर सिंहले गर्नु भएको थियो भने प्रमुख अथिति प्रमुख जिल्ला अधिकारी सरद कुमार पोख्रेल रहनु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी पोख्रेलले तालिममा सिकेको सिपलाई दैनिक जिवनमा कार्यन्वयन गरी व्यावसायीक बन्नुपर्ने बताउनु भएको छ । उहाँले समाजमा लुकीछिपी रहेका तथा अवसर नपाएका प्रतीभाहरुलाई घरेलु तथा साना उद्योग कार्यालय तिखार्ने काम गर्नतिर अग्रसर हुनेमा बिश्वास व्यक्त गनुभयो ।

प्रमुख जिल्ला अधिकारी पोख्रेलले अहिले पनि समाजमा युवाहरु विकृती र विसंगती जस्ता कुराहरुमा अगाडी रहेको भन्दै तालिम लिईसकेपछि समाजमा उत्पादन हुने कुरालाई व्यावसायीक रुपमा सञ्चानल गर्नुपर्ने उहाँको भनाई छ । घरेलु तथा साना उद्योग कार्यालय अछामले विभिन्न तालिम दिइरहेको भन्दै आफु सक्षम भईयो भने बेरोजगारीको चरणबाट मुक्त भईने उहाँको भनाई छ ।

यस्तै उहाँले व्यावसायीक र सामाजिक जिवनलाई सफल बनाउन युवाहरुको महत्वपुर्ण भुमिका रहेको भन्दै तालिमबाट सिकेका सिपहरु दैनीक जिवनमा लागु गर्न सके मात्रै सफल भएको मानीने बताउनुभयो । यस्ता सिपहरु सिकेर दक्षता अभिवृद्धी गरी समाजमा पुर्नस्थापित कसरी हुन सकिन्छ भनी त्यतातिर ध्यानदिन उहाँले सुझाव दिनुभयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख शन्तोष पाठकले तालिममा व्यक्तीले नयाँ कुरा सिकी ज्ञानसिप र क्षमता अभिवृद्धी हुने भएकाले यसले जिवनयापन गर्न सजिलो हुने भन्दै यसले रोजगारीकोे लागी बिदेश जानबाट युवायुवतीहरुलाई रोक्नमा ठुलो टेवा पुग्ने बताउनुभयो ।
एक महिनासम्म चलेको तालिमका सहभागी पुष्पराज भण्डारीले मोवाईलका डिस्प्ले, चारर्जर, मोवाइल बिग्रीदा के के समस्या हुन्छ जस्ता धेरै कुराहरु आफुले सिकेको र एक महिने तालिमले मात्रै सबै मोवाईल सम्बन्धी ज्ञान सीक्न नसकिने भन्दै यस्ता तालिमहरु दोस्रो चरणमा पनि सञ्चालनको लागी आग्रह गर्नुभयो ।
कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय अछामका प्रमुख भिम बहादुर सिंहले अहिले देश बेरोजगारी र आर्थिक संकटले गुर्जी रहेको अबस्थामा केही हदसम्म भएपनि न्युनिकरण गर्नको लागी सिप बिकास तालिम संचालन गरी स्वरोजगारका पाटाहरु उजागर गर्ने उद्यश्यले यो कार्यक्रम संचालन गरीएको बताउनुभयो । उहाँले पौष १३ गतेदेखी सुरु भएको तालिममा सहभागी १३ जनालाई तालिम मार्फत सिकेको ज्ञानसिपलाई व्यापार, व्यावसाय, उद्यमसंग जोड्न अनुरोध गर्नु भएको छ ।
तालिम समापन कार्यक्रममा सहभागी १३ जना प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । प्रशिक्षक दिलिपराज भाट, राष्टीय अनुसन्धान कार्यालय अछामका गोविन्द प्रसाद पाण्डे, गोरख बक्सगणका सहायक सेनानी, विभिन्न कार्यालयका प्रमुख तथा प्रतीनीधी, पत्रकार लगाएको सहभागीता रहेको कार्यक्रमको संचालन घरेलु तथा साना उद्योग कार्यालय अछामका कर्मचारी जनक ढुंगानाले गर्नु भएको थियो ।
