मंगलसेन- ८ मा ८० जना जेष्ठ नागरिकलाई सम्मान गरियो

Purnima Mobile
Samajik Bal biwaha

मंगलसेन नगरपालिका वडा नम्वर ८ ले वडाका ८० जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ । जेष्ठ नागरिकहरुले समाज निर्माणमा पुर्याएको योगदान स्वरुप जेष्ठ नागरिकहरुलाई कम्बल वितरण गर्दै सम्मान गरिएको हो ।

Mangala Bharna

सम्मान कार्यक्रममा प्रमुख अतिथिको आशन बाट बोल्दै नगरपालिका उप प्रमुख संगीता रावल सोडारीले जेष्ठ नागरिकहरुले राज्यले दिएको सामाजिक सुरक्षा भत्ताको सही सदुपयोग गर्नुपर्ने बताउनु भएको छ । आज कतिपय जेष्ठ नागरिकहरुको सेवा सुविधा घरका छोरा बुहरीहरुले खर्च गरिदिने समस्या बढेकाले त्यसो नगर्न आग्रह समेत गर्नुभएको छ । दिन प्रतिदिन महंगि बढ्दै गएको र यसको प्रभाव जेष्ठ नागरिकहरुमा बढि पर्ने भएकाले जेष्ठ नागरिकहरुले पाउन सेवा सुविधा पनि आवश्यक्ता अनुसार बृद्धि गर्नुपर्नेमा जोड दिनुभएको छ ।

Mellekh RM1
Saud Agro Kailash

कार्यक्रममा बिशिष्ट अतिथिको आशनबाट बोल्दै एमाले अछामका अध्यक्ष चन्द्र बहादुर बोहराले हिजो घरपरिवार बाट हेपिएका आमा बुवाहरु अहिले सम्मान पाउन थालेको भन्दै खुसी ब्यक्त गर्नुभयो । आमाबुवा संग केही नहुदा छोरा बुहारीले हेला गर्ने र भएको बेला माया गर्ने परिपाटी हाम्रो समाजमा रहेको हुदा अहिले सामाजिक सुरक्षा भत्ता बुझ्ने आमा बुवाहरुलाई घरमा उचित किसिमको सम्मान हुने गरेको बताउनुभयो । जेष्ठ नागरिकहरुका समस्या सामाधान गर्ने उदेश्यले २०५१ सालमा एमाले नेतृत्वको सरकारकारको पालामा एक सय बाट सुरुभएको सामाजिक सुरक्षा भत्ता आज ४ हजार पुगेको अध्यक्ष बोहराको भनाई छ । आज घरका आमाबुवा दुईचार बर्ष अझै बाचेको भए राम्रो हुन्थ्यो भन्ने सोच छोराछोरीमा पलाएको अध्यक्ष बोहराको भनाई थियो ।

कार्यक्रममा बोल्दै वडा न ८ का अध्यक्ष ज्ञानेन्द्र बहादुर बोहराले चिसो मौसममा जेष्ठ नागरिकहरु बढि प्रभावित हुने भएकाले चिसो बाट जोगाउन र हाम्रा लागि स्थानीय सरकार छ भन्ने भावनाको विकास गराउने उदेश्यले वडाका जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको बताउनुभयो । वडाका नागरिकको सहजताका लागि वडा सरकार आगामी दिनमा यस्ता रचनात्मक कामहरु गर्दै अघि बढ्ने प्रतिबद्धता जनाउनु भएको छ । आफ्नो वडामा जनप्रतिनिधि र कर्मचारी विच वडामा हुने हरेक गतिविधिमा एकता हुने भएकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो । वडाको सामग्र विकासका लागि जनप्रतिनिधिको एक्लो प्रयासले मात्रै सम्भव नहुने भएकाले स्थानीय सबै सरोकारवालाले सहयो गर्न आग्रह गर्नुभयो ।

जेष्ठ नागरिक सम्मान कार्यक्रममा नेपाली काग्रेसका लोक बहादुर बोहरा, एमालेका मिन प्रसाद भण्डारी, वडा सदस्य डम्बर बहादुर बिष्ट, जेष्ठ नागरिक बहादुर सिं बिष्ट लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको संचालन वडा सचिव तथा नगरपालिकाका सुचना अधिकारी बिष्णु प्रसाद जैशीले गर्नुभएको थियो ।

स्थानीय रतन देवी ढोलीले आफ्नो साहारा अरु कोही नभएपनी सरकार भएको भन्दै खुसी ब्यक्त गर्नुभएको थियो । आज सरकारले दिएको सामाजिक सुरक्षा भत्ताले आफ्नौ दैनिकि चलाउन निकै सहज भएको ढोलीको भनाई छ । यही भत्ताले आफ्नो लालनपालन मात्रै होईन घरका छोरा बुहारीलाई पनि ठुलो सहयोग पुगको ढोलीले बताउनुभयो । विगतमा आफुले भोेगेको दुख्ख स्मरण गर्दै ढोलीले भन्नुभयो निकै कष्टकर जिबन बिताएर आएका मान्छे हौ अहिले सरकारको कारणले धेरै ठुलो राहात मिलेको बताउनुभयो ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.