पालिकाको विकासका लागि आफ्नो यात्रा कहिले नरोकिने नगर प्रमुख बोहरा

Purnima Mobile
Samajik Bal biwaha

मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराले पालिकाको समग्र विकासका लागि आफ्नो यात्रा कहिलेपनी नरोकिने बताउनुभएको छ । मंगलसेनको विकासका लागि आफु जनप्रतिनिधि नहुदापनी महत्वपुर्ण काम गरेको स्मरण गर्दै उहाले आफ्नो नगर प्रमुख पदको पदावधि सकिएपनी लागीरहने प्रतिबद्धता जनाउनु हो ।

Mangala Bharna

मंगलसेनलाई मंलसेन बनाउने आफ्नो अठोट रहेको भन्दै यसका लागि सबै सरोकारवालाले साथ दिनुपर्ने बताउनुभयो । जनप्रतिनिधिको एक्लो प्रयासले मात्रै समग्र पालिकाको विकास सम्भव नहुने भएकाले हरेक सचेत नागरिकले जनप्रतिनिधिलाई पनि खबदारी गर्ने र आफ्नो गाउठाउमा संचालन हुने विकास निर्माणका कामको निगरानी राख्नुपर्नेमा जोडदिनुभएको छ । आज सबै कुराको दोस जनप्रतिनिधिलाई मात्रै दिने प्रवृति बढेको हुदा नागरिकले पनि आफ्नो कर्तव्य केहो भन्ने कुरालाई पनि आत्मसाथ गर्न आग्रह गर्नुभएको छ ।

Mellekh RM1
Saud Agro Kailash

नगर प्रमुख बोहराले नागरिकहरुको स्थानीय सरकार संग अपेक्षा बढी भएको र स्थानीय सरकार संग त्यो अनुसारको स्रोत साधन नहुनाले नागरिकहरुमा निराशा छाएको बताउनुभयो । आफुले चुनावताका बेलामा पनि भौगोलिक विकटताका आधारमा विकास निर्माणका कामहरु अगाडी बढाउने प्रतिबद्धता जनाएको र सोही अनुसार वडा न १३ को बस्ती बाट विकास निर्माणका कामहरुको सुरुवात गरेको बताउनुभयो । साविकको बस्ती गाविस भौगोलिक रुपमा निकै विकट रहेको हुदा लगानी अनुसारको प्रतिफल नदेखिएको नगर प्रमुख बोहराको भनाई छ । यसपाली पनी बस्तीको चाईरा सम्म सडक संजाल जोड्ने प्रतिबद्धता जनाउनु भएको छ ।

युवाहरुको स्थानीय सरकार प्रति बढि निराशा देखेको भन्दै नगर प्रमुख बोहराले आफुले चाहेर पनि युवाहरुलाई रोजगारी दिन नसकेको भन्दै दुख ब्यक्त गर्नुभएको छ । युवाहरुले आफ्नै गाउँठाउमा बसेर केही गर्नुपर्छ भन्ने भावना बोकेको जनप्रतिनिधि भएकाले युवा वर्गले पनि स्थानीय सरकारका समस्या बुझ्न आवश्यक रहेको बताउनुभयो । आफुले आफ्नो पहिलो कार्यकालमा युवाहरुलाई रोजागरी दिनका लागि युवा स्वरोजगार कार्यक्रमको अवधारण अगाडी सारेको भन्दै नगर प्रमुख बोहराले त्यो कार्यक्रम सफल हुन नदिन सत्ता पक्ष र विपक्षी बाट ठुलो षडयन्त्र भएको गुनासो गर्नुभएको छ ।

स्थानीय सरकारले मात्रै युवाहरुलाई रोजागरी दिन नसक्ने भएकाले माथिल्लो सरकारको नेतृत्व गर्नेहरुलाई खबदारी गर्न आवश्यक रहेको बताउनुभयो । बढि स्रोत साधन प्रदेश र संघ सरकार संग हुने भएकाले उनीहरुले माथिबाट युवा लक्षित कार्यक्रम ल्याउन नसक्दा त्यसको दोस सबै स्थानीय सरकारलाई जाने गरेको बताउनुभयो । सरकारको नेतृत्व गरिरहेका नेताहरुमा अहिले पनि सामन्ती पारा रहेकाले नागरिकहरुमा बढि निराशा छाएको बताउनुभयो ।

युवाहरुले पनि माथिल्लो सरकारका जनप्रतिनिधिहरुलाई खबदारी गर्न आवश्यक रहेको बताउनुभयो । आफ्नो पालिकामा प्रदेश सरकारले आफ्नो पालिका संग समन्वय नगर्दा प्रदेश सरकार मार्फत निर्माण भएका योजनाहरु प्रभावकारी नभएको नगर प्रमुख बोहराको भनाई छ ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.