मंगलसेन नगरपालिका द्धारा एकल महिलालाई रुई र धागोबाट बाती बनाउने तालिम प्रदान

Purnima Mobile
Kirci Gyan Kendra

मंगलसेन – मंगलसेन नगरपालिकाका एकल महिलाहरुले रुई र धागोबाट तयार हुने बत्ती बनाउने तालिम पाएका छन् । एकल महिलाहरुलाई सिप सिकाई आत्मनिर्भर बनाउने र उनीहरुको जिविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यले सञ्चालन गरिएको तालिममा नगरपालिकाको १४ वटै वडाका महिलाहरुले सक्रिय सहभागिता जनाएका हुन् ।

Samajik New Add 2082

मंगलसेन नगरपालिका समाज कल्याण उपशाखा अन्र्तगत प्रदान गरिएको चार दिने सिप विकास तालिमको आईतबार एक कार्यक्रमका बिच समापन गरिएको छ । वडा नम्बर ३ का वडाध्यक्ष बृख बहादुर बोगटीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगर उपप्रमुख संगीता रावल सोडारी रहनु भएको थियो ।

Mellekh RM1

कार्यक्रममा बोल्दै नगर उपप्रमुख सोडारीले पालिकाका दुर्गम वडाबाट आएर तालिममा सक्रिय सहभागिता जनाएकोमा सहभागीहरुलाई धन्यवाद दिनुभयो । जिल्लामा आयोजना हुने मेला, पुजा, चावपर्ड, महायज्ञ जस्ता कार्यका लागि लाखौ रकम खर्च गरेर बाहिरबाट बत्ती ल्याउनुपर्ने अवस्था रहेको भन्दै यसको परिपुर्तीको लागि सिप सिकेका महिलाहरुले धमाधम उत्पादन सुरु गर्नुपर्ने उहाँको भनाई छ ।

Saud Agro Kailash

यस्तै नम्बर ३ का वडाध्यक्ष बोगटीले समुहगत र व्यवसायिक रुपमा उद्योग स्थापना गरेर माग अनुसार वस्तु उत्पादन गर्न सके उत्पादित सामाग्री खेर नजाने र त्यसले सजिलै बजार पाउने बताउनुभयो । कार्यक्रममा मंगलसेन नगरपालिकाका निवर्तमान उपप्रमुख सरीता उपाध्यायले रुई र धागोबाट तयार हुने बातीको माग र आवश्यकता अहिले पनि उत्तिकै रहेको भन्दै पहिले व्यवसायिक रुपमा उत्पादन सुरु गर्न आग्रह गर्नुभयो । आफ्नो कार्यकालमा एकल, विपन्न र हिंसापिडित महिलाहरुका लागि दर्जनौको संख्यामा यस्ता सिपमुलक तालिमहरु सञ्चालन गरिएको भएपनि सिप सिकेर व्यवसाय थालेका महिलाहरु भने खोजेर नभेटिने गरेको उहाँको भनाई छ ।

यसैगरी नगरस्तरिय एकल महिला सञ्जालका अध्यक्ष प्रमिला भण्डारीले नगरपालिकाका एकल महिलाहरुको जिवनस्तर सहज बनाउने हेतुले सिपमुलक तालिम आफुहरुका लागि आयोजना गरिएको भन्दै खुशी व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्न सरोकारवालाले सिकेका सिप व्यवहारत व्यवसायमा लागु गर्न सके मात्र तालिमहरुले सार्थकता पाउने बताएका छन् । मंगलसेन नगरपालिका वडा नम्बर ५ का कार्यवाहक अध्यक्ष सुरत बहादुर विक, ब्रमकुमारी ईश्वरिय विश्व विद्यालय अछामका संचालक कविता कठायत लगायतले पनि रुई, कपास र धागोबाट बन्ने बाती उत्पादन गर्न सके त्यसले एकल महिलाहरुले दैनिकी र संस्कृती जगेर्नामा पनि टेवा पुग्ने भनाई राख्नुभयो । कार्यक्रमको सञ्चालन मंगलसेन नगरपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख मञ्जु महतले गर्नु भएको थियो ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.