पञ्चदेवल बिनायक नगरपालिकामा आँखा उपचार केन्द्र स्थापना

अछाम: पन्चदेवल बिनायक नगरपालिकामा आँखा उपचार केन्द्रको स्थापना गरिएको छ ।

पन्चदेवल बिनायक नगरपालिका अछामका नगरप्रमुख अम्बिका चलाउनेको अध्यक्षतामा एक कार्यक्रम गरेर आँखा उपचार केन्द्रको स्थापना गरिएको हो ।

उपचार केन्द्र स्थापना गर्दै नगर प्रमुख चलाउनेले आँखाका बिरामीहरुको समस्याको पहिचानका लागि केन्द्रको भुमिका महत्वपुर्ण रहने बिश्वास व्यक्त गरिन । उनले आँखा उपचार केन्द्रका कर्मचारीले नगरपालिका सबै वडा तथा बस्तीमा आँखा जाँच गर्ने बताईन ।

केन्द्रको स्थापना तथा ब्यवस्थापन  पन्चदेवल बिनायक नगरपालिका अछाम, च्यारिटी हेल्थ फाउन्डेसन नेपाल र बिबिएच आँखा फाउन्डेसन युएसएले गरेको हो ।

च्यारिटि हेल्थ फाउन्डेसनले आँखा उपचार तथा आँखाको सल्यक्रिया  निशुल्क गरिरहेको संस्थाका निर्देशक त्रैलोक्यनाथ पाण्डेले बताए । उनले आँखा उपचार केन्द्रको सन्चालनमा सबै पक्षको सहयोग मिलेमा आगामी दिनमा आँखा अस्पतालको सेवा दिन सक्ने बताए ।

Health office
Everest Incitute
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.