वैद्यनाथ कोटिहोम महायज्ञको तयारी तिव्र 

Purnima Mobile
Samajik Bal biwaha
Saud Agro Kailash

माघ २४ अछाम

Mangala Bharna

वुढीगंगा नदीको किनारमा फागुन १० गतेदेखि आयोजना हुन लागेको वैद्यनाथ कोटिहोम महायज्ञको तयारी तिव्र पारिएको छ । वैद्यनाथ क्षेत्र विकास संस्था, वैद्यनाथ कोटिहोम धर्म, संस्कृति तथा पर्यटन प्रबद्र्धन समितिको आयोजना वुढीगंगा नदीको किनारमा फागुन १० गतेदेखि फागुन २५ महाशिवरात्रीसम्म गतेसम्म कोटिहोम ज्ञानमहायज्ञ हुन लागेको छ । कोटिहोम महायज्ञको प्रचारप्रसारसँगै व्यवस्थापन कार्य तिव्र रुपमा अघि बढेको कोटिहोम ज्ञानमहायज्ञका महासचिव देवराज उपाध्यायले जानकारी दिनुभएको छ । सनातन देखि चलिआएको संस्कृति, परम्परा, नदी संरक्षण, पयार्वरणीय सन्तुलन जोगाउने उद्धेश्यले कोटिहोम ज्ञानमहायज्ञ गर्न लागिएको महासचिव उपाध्यायले जानकारी दिनुभयो । श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजको प्रमुख संरक्षकत्व, प्रमुख आर्चाय प्राध्यापक भवानी प्रसाद खतिवडा, आर्चाय तथा कथावाचक वाल योगेश्वर श्री विजयमुर्ति जी महाराजबाट कथावाचान हुनेछ ।


महायज्ञमा १५० कर्मनिष्ठ ब्राह्मणहरूद्वारा सवा करोड गायत्री मन्त्रद्वारा १५ दिनसम्म हवन, तर्पण एवम् मार्जन, श्रीमद्भागवत तथा शिवमहापुराण पाठ एवम् प्रवचन, विभिन्न सनातन धर्ममूलक पन्थ, सम्प्रदायका विशिष्ट विद्वान्, सन्त, मठाधीश, गुरु, सामाजिक एवम् राजनैतिक व्यक्ति सहभागी कोटिहोमका मुल आयोजक समितिका अध्यक्ष एवंम पूर्वमन्त्री शेरबहादुर कुँवरले जानकारी दिनुभयो ।
कोटिहोमको प्रचारप्रसारलाई अहिले देशभरी तिव्र रुपमा अघि बढाएको आयोजकले जानकारी दिएको छ । पोष्टर, पम्लेट, माइकिङ, ठाउँ–ठाउँमा काटिहोमको महत्व र यसको आवश्यकताका विषयमा जानकारी दिएर प्रचारप्रसारलाई तीव्र बनाइएको महासचिव उपाध्यायले जानकारी दिनुभयो ।


उहाँका अनुसार कोटिहोमका लागि गजुरसहित नौ तलाको बाँसजन्य वस्तुबाट जडित यज्ञकुण्ड निर्माण थालिएको छ।  पण्डालको निर्माण कार्य जारी, दाउरा संकलनको काम अन्तिम चरण, तिल, ध्युँ, जौं संकलनको काम अन्तिम चरणमा पुगेको छ । कैलाली कञ्चपुर लगायत अन्य जिल्लाबाट खाद्यान्य आउने क्रम जारी, २५ देखि ३० हजार प्रति व्रोसर छाप्ने काम पुरा भएको छ ।कोटिहोम स्थलमा खानेपानी, विद्युत जडान रंगरोगनको काम पनि केहि दिनमा सम्पन्न हुने महासचिव उपाध्यायले जानकारी दिनुभएको छ ।
अछामका १० वटा पालिकामध्ये साँफेबगर र मंगलसैन नगरपालिकाबाट पेस्की रकम प्राप्त अन्य ५ वटा पालिकालाई प्रतिवद्धता जनाएका छन् । कोटिहोमको लागि अहिलेसम्म स्वदेश तथा विदेशबाट ४० लाख भन्दा वढी रकम संकलन भएको अध्यक्ष एवंम पूर्व मन्त्री कुँवरले जानकारी दिनुभएको छ ।


उहाँले कोटिहोमको लागि अहिले राजधानीमा अछामका संघका दुवै माननीय, साँफेबगर नगर प्रमुख राजेन्द्रबहादुर कुँवर, साँफेबगर नगरपालिकाका पूर्व नगर प्रमुख कुल बहादुर कुँवर, धनगढीमा आथिर्क समितिका प्रमुख प्रदेश सभा सदस्य मेघराज खड्का, पूर्व आईजिवि मोतिलाल वोहरा, राष्ट्रिय आयोजनाका पूर्व सदस्य डा.पे्रम कुँवरले आर्थिक संकलनदेखि निमन्त्रणाको लागि जुटेको जानकारी दिनुभयो । उहाँले कैलाली, कञ्चपुर, नेपालगंज, प्रवासमा पनि कोटिहोम प्रचारप्रसारदेखि आर्थिक संकलन गर्ने काम तिव्र रुपमा अघि बढेको जानकारी दिनुभएको छ । धर्म, संस्कृति तथा पर्यटन प्रबद्र्धनको लागि कोटी होमको आयोजना हुने भएकाले तन, मन, धन दान गरेर सहयोग गर्न सवैमा आग्रह गर्नुभएको छ ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.