
नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी अछामले २९ औ जनयुद्ध दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता तथा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । सदरमुकाम मंगलसेनमा “नेपालको परिवर्तन मा जनयुद्धको भुमिका” विषयक बक्तित्वकला प्रतियोगिता गरिएको हो ।

अखिल क्रान्तिकारी अछामका अध्यक्ष लाल बहादुर साउदको अध्यक्षता एवं संगठनका केन्द्रीय उपमहासचिव गम्भीर साउदको प्रमुख आतिथ्यतामा भएको प्रतियोगितामा अछाम बहुमुखी क्याम्पस, षोडशा देवी मावि, मंगलसेन बहुप्राविधिक शिक्षालय र एभरेष्ट ईन्ष्टिच्यूटबाट गरि जम्मा २४ जना विद्यार्थिहरुले सहभागिता जनाएका थिए । सहभागीहरु मध्ये प्रथम भोगेन्द्र बिक, दृतिय गणेश अधिकारी, तृतिय नयन साउद र सान्त्वना सागर चदारा भएका छन । प्रतियोगितामा प्रथम, दृतिय, तृतिय र शान्त्वना हुने विद्यार्थिलाई नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको थियो भने अन्य सहभागी सम्पूर्ण विद्यार्थिलाई सहभागीताको प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्ने प्रतिष्प्रधि विद्यार्थिहरुले जनयुद्ध दिवसको ऐतिहासिकता, जनयुद्धका कारण नेपालमा भएको परिवर्तनका विषयमा केन्द्रित रहि आ-आफ्नो विचार व्यक्त गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि संगठनका केन्द्रीय उपमहासचिव गम्भी र साउदले जनयुद्ध दिवसको सान्दर्भिकता र यसले नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनमा जनयुद्धको भूमिकाका विषयमा चर्चा गर्नुभएको थियो । साथै हालको सम्पूर्ण परिवर्तन, विकास र राज्य संरचना जनयुद्धको उपलव्धी भएको उहाँको भनाई थियो ।

कार्यक्रममा अखिल क्रान्तिकारीका केन्द्रीय सचिव वैजन्ती कुवर विशिष्ट अतिथि रहनुभएको थियो भने नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनका जिल्ला अध्यक्ष झपट बहादुर थापा, जिल्ला शिक्षा समन्वय इकाइका प्रा.स. तथा कर्मचारी संगठनका नेता सुरेन्द्र बजगाइ, अछाम क्याम्पसका प्राध्यापकहरु नृप बहादुर चाड, हरक सिङ धामि लगायतका अतिथि रहनुभएको थियो । प्रतियोगिताको समग्र मूल्याँकनका लागि नेपाल राष्ट्रिय प्राध्यापक संगठनका प्रदेस सदस्य झपट कुमार केसिको संयोजकत्वमा अछाम क्याम्पसका प्राध्यापक मान बहादुर बुढा र नेपाल राष्ट्रिय कर्मचारी संगठनका होम बहादुर साउद सदस्य रहेको मूल्याँकन समिति बनाईएको थियो ।
संगठनका जिल्ला उपाध्यक्ष पंकज साउद, जिल्ला सचिवालय सदस्य बम रावल लगायत संगठनमा आवद्ध विद्यार्थिहरुको उपस्थिति रहेको कार्यक्रममा श्रीकोट क्याम्पसका स्ववियु सदस्य मनिशा साउदले स्वागत मन्तव्य राख्नुभएको थियो भने संचालन संगठनका जिल्ला उपाध्यक्ष कमल थापाले गर्नु भएको थियो ।
