
मेल्लेख, फागुन १,
जनयुद्धकाे अवसरमा नेकपा माओवादी केन्द्र मेल्लेख गाउँपालिका समितिले १६ जना सहिद परिवारलाई सम्मान गरेकाे छ ।

मंगलबार मेल्लेख गाउँपालिका- ५ विन्धेवासिनि पार्टी कार्यालयमा २९ औं जनयुद्ध दिवसको अवसरमा आयाेजित कार्यक्रममा सहिद परिवारलाई सम्मान गरिएको हाे ।

सहिदले जनयुद्धमा गरेकाे त्याग र बलिदानकाे प्रशंसा गर्दै परिवारका सदस्यलाई खादा र दाेसल्ला ओढाएर सम्मान गरिएको हाे ।
जनयुद्धमा आफ्नो बलिदान दिएर देश र जनताका लागि गणतन्त्र स्थापना गर्न महत्त्वपूर्ण याेगदान पुर्याउन अहम भूमिका निर्वाह गरिएको भन्दै सहिद परिवारलाई सम्मान गरिएको हाे ।

नेकपा माओवादी सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा मेल्लख गाउँपालिकाका इन्चार्ज भीम बहादुर बुढा सुवासले समाजवादी व्यवस्थालाई लागू गर्ने यस अघिका इतिहास जाेगाउन आवश्यक भएको बताए ।
´१६ जना सहिद परिवारलाई सम्मानका साथै सहिद पार्क व्यवस्था गर्न पार्टीले पहल गर्नेछ, देश र जनताको लागि सहिदका उपलब्धिलाई संस्थागत गर्नुपर्नेछ,` उनले भने ।
नेकपा माओवादी मेल्लेख गाउँपालिका पार्टी तथा गाउँपालिका अध्यक्ष ज्वाला सिं साउदले सहिदका सपना पूरा गर्न आम पार्टीकार्यकर्ताले एकजुट भएर जानुपर्ने कुरामा जाेड दिए ।
´जनयुद्धका सहिदका सपना हामीले पूरा गर्न लाग्नुपर्छ,त्यसका लागि पार्टीमा एकता हुनुपर्याे, जनयुद्धका सहिद परिवार अहिले पनि समस्यामा रुमलिएका छन्, यस तर्फ हामी सबैले ध्यानदिनुपर्छ,`उनले भने ।
मेल्लेख गाउँपालिकामा जनयुद्धका १६ जना सहिद परिवार रहेका छन् । देश जनताका निम्ति त्याग, बलिदान दिनेलाई पार्टीले एक दिनमात्रै सम्झेर नहुने सहिद परिवारका सदस्यहरुकाे भनाई छ । सहिद परिवारका सदस्य रूप बहादुर शाहले जनयुद्धका सहिद परिवारका समस्या सम्वाेधन गर्न पार्टीले राज्यसमक्ष पहल गरिदिनुपर्ने बताए ।
अहिलेकाे अवस्थामा पार्टी केन्द्रमुखि भएको तर ग्रामीण क्षेत्रमा रहेका सहिद परिवारलाई जीवीकाेपार्जन गर्न धाै- धाै परेकाे उनकाे गुनासो छ । विगतमा पार्टीलाई याे स्थानमा पुर्याउन सबैकाे भूमिका भएपनि त्यसको मुल्यांकन नहुँदा दु:ख लागेकाे शाहले बताए ।
सहिद सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रममा नेकपा माओवादी केन्द्र मेल्लेख गाउँपालिकाका नेता अर्जुन धामी, टंका बिक, बिरवहादुर साउद, गाेरख धामी लगायतका अन्यकाे सहभागीता रहेको थियाे ।
