वैद्यनाथ नेपालको संस्कृति पहिचानसँग जोडिएको क्षेत्र हो: पूर्व उपप्रधानमन्त्री डा. रावल

Purnima Mobile
Kirci Gyan Kendra

पूर्व उपप्रधानमन्त्री डा.भीमबहादुर रावलले वैद्यनाथ क्षेत्र नेपालको संस्कृति पहिचानसँग जोडिएको क्षेत्र भएको बताउनुभएको छ । वैद्यनाथ धामको आयोजना भएको कोटिहोम महायज्ञको दोस्रो दिनको कथावाचन कार्यक्रमका प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री रावलले कला, संस्कृतिविना मान्छेको जीवन अधुरो जस्तै हुने भएकाले हाम्रा मौलिक कला, धर्म र संस्कृतिको जगेर्ना तथा संरक्षण गर्न आग्रह गर्नुभयो ।

Samajik New Add 2082

वैद्यनाथ धाममा आयोजना भएको कोटिहोमसँग देशको ईज्जत प्रतिष्ठा, स्वाभिमान र राष्ट्रियतासँग गासिएको पूर्व उपप्रधानमन्त्री डा. रावललले धारणा व्यक्त गर्नुभयो । वाईट
अतिथि पूर्व उपप्रधानमन्त्री रावलले मौलिकतामाथि भइरहेको अतिक्रमण रोक्न हाम्रो कला, संस्कृति धर्मको संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

Mellekh RM1
Saud Agro Kailash

पवित्र तीर्थस्थल वैद्यनाथधामको धार्मिक, सांस्कृतिक एवं पर्यटकीय महत्वको प्रचार प्रसार, वैदिक सनातन धर्म संस्कृतिको संरक्षण संबर्द्धनको लागि पवित्र भावनाका साथ आयोजना भएको कोटिहोमको विशेष महत्व रहेको उहाँको भनाई रहेको छ । हाम्रा पुराना कला, संस्कृति नेपालीका पहिचान भएको बताउँदै यिनको संरक्षण र सम्वद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

वैद्यनाथ वेद विद्याश्रमलाई आयुर्वेद माविमा स्तरोन्नति, नेपालका चार मध्येको वैद्यनाथलाई एक धाम घोषणा गर्न दवाव सृजना, यहाँको लोक संस्कृति, लोककला, लोकगीतको संरक्षण र प्रवर्द्धन गर्ने कोटिहोमको आयोजना भएको हो । हिजोबाट सुरु भएको कोटिहोमको दोस्रो दिनमा सभानायक कोटिहोमका वरिष्ठ उपाध्यक्ष भरत कुमार स्वाँर रहनुभएको थियो ।

कोटिहोममा प्राध्यापक भवानी प्रसाद खतिवडा, वाल योगेश्वर श्री विजयकृष्ण मुर्तिजी महाराजले कथावाचन गर्दै आउनु भएको छ । उक्त प्रवर्चन कार्यक्रममा कथाश्रवण गर्न प्रदेश सभा सदस्य मेघराज खड्का, चौरपाटी गाउँपालिकाका अध्यक्ष भीमबहादुर साउद, साँफेबगर नगरपालिकाका कार्वाहक नगर प्रमुख शिवबहादुर कुँवर शिलोज, साँफेबगर नगरपालिकाका निवर्तमान नगर प्रमुख कुलबहादुर कुँवर, वैद्यनाथ धाम पर्यटन विकास व्यवस्थापन समितिका अध्यक्ष खड्क खड्का लगायतका व्यक्तित्वको सहभागिता रहेको थियो । फागुन १० गतेबाट सुरु हुने कोटिहोम फागुन २५ गते शिवरात्री सम्म सञ्चालन हुनेछ ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.