मेल्लेख गाउँपालिकाकाे १३औं गाउँसभा सम्पन्न

मेल्लेख १२ फागुन:
अछामको मेल्लेख गाउँपालिकाको १३औं गाउँसभा सम्पन भएको छ । विभिन्न निति नियम, ऐन कानुन र कार्यविधि पारित गर्ने निर्णय गर्दै सभा सम्पन्न भएको हाे ।

Samajik New Add 2082

गाउँसभा बाट औसधि उपचार खर्च मापदण्ड सम्बन्धि कार्यविधि २०८०, “घ”बर्गकाे निर्माण व्यावसाय सम्बन्धित पहिलो कार्यविधि २०७५ संसाेधन कार्यविधि २०८०, खेलकुद विकास र व्यवस्थापन कार्यविधि २०८०, बाल बिबाह अन्त्यका लागि रणनीतिक याेजना २०८० पारित गरिएको छ ।

यस्तै मेल्लेख गाउँपालिकाले प्रत्येक वडामा  संचालन गर्न लागेकाे एकीकृत निशुल्क स्वास्थ्य शिविर संचालनकाे लागि स्थानीय जनप्रतिनिधिको १ महिना बराबरको सेवा सुबिधा बाट जनतालाई स्वास्थ्य सेवा दिने निर्णय गरेकाे छ । यसै गरि पर्यटकिय क्षेत्र घाेषणाकाे लागि अनुरोध गर्ने र चार किल्ला ताेकिने भएको छ ।

कृषि र पशु सेवा अन्तर्गत मेल्लेखकाे टाढा रहेकाे वडा अन्तर्गत  वडा न.१ मा कृषि विकास शाखा  वडा न.२ ऋषिदहमा पशुसेवा  शाखा शाखा संचालन गरिने ।लगायतको निर्णय गरिएको प्रवक्ता प्रकाश बहादुर अधिकारीले जानकारी दिनुभएको छ ।

१३ औं  गाउँसभाले  पारित गरेको नीति तथा कार्यक्रम, योजना र बजेट बारे समीक्षा गरि आगामी योजना बारे पनि छलफल गरिएको गाउँपालिका अध्यक्ष ज्वाला सिं साउदले  बताएका छन् ।

गाउँ सभामा प्रस्तुत खर्च प्रतिवेदन अनुसार हाल सम्म  बजेट खर्च याेआर्थिक वर्षको  चालु  तर्फ ४०% र पुजिँगत तर्फ ३६% खर्च भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत हिक्मत बहादुर बुढाले बताएका छन । गाउँसभामा मेल्लेख गाउँपालिका उपाध्यक्ष नृप बहादुर खड्का लगायत गाउँसभा सदस्य हरुकाे उपस्थिति रहेकाे १३औं  गाउँसभाकाे संचालन निमित्त प्रमुख प्रशासकीय अधिकृत हिक्मत बहादुर बुढाले गर्नु भएको थियाे ।

Leave A Reply

Your email address will not be published.