
अछामको कमलबजार नगरपालिकामा बाल विवाह विरुद्ध म बोल्छु अभियान मंगलबार बाट सुरुभएको छ । पालिकामा रहेका १० वटै वडाका ११ वटा उच्चतम विद्यालयमा यो अभियान सुरुभएको हो ।

पालिकामा अहिले पनि बाल विवाह समस्याकै रुपमा रहेकाले बालविवाह न्युनिकरणमा टेवा पु¥याउने र किशोर किशोरीहरुलाई जागरुक बनाउने उदेश्यले अभियानको सुरुवात गरिएको पालिकाले जनाएको छ । बालबालिकाहरुलाई यस अभियानमा साथ दिनेछु भनी प्रतिबद्धता गर्न लगाउने तथा जनप्रतिनिधिहरुलाई पनि बालबालिकाहरुका सवालमा थप जिम्मेवार बनाउने आफुहरुको लक्ष्य रहेको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख डम्बर ढुंगानाले बताउनुभयो ।

यस भन्दा अघिपनि पालिकामा यो अभियान संचालन गर्दा सकारात्मक प्रभाव परेको हुदा यस पालिपनि यही कार्यक्रमाई निरन्तरता दिईएको साउदको भनाई छ । बालविवाहाका विरुद्ध म बोल्छु अभियान कार्यक्रममा बालबालिकहरु आफै आफुहरुका सवाल, बाल बिवाहा हुनुको कारण र यसको अन्त्य गर्नका लागि आफ्नो तर्फबाट खेल्ने भुमिकाको बारेमा बोल्ने गरेका छन ।
मंगलबार पहिलो दिन पालिकाको वडा न ४ चाल्सामा रहेको पशुपति मावि चाल्सा र वडा न २ बजुडामा रहेको शिसुु सुधार माध्यामिक विद्यालयबाट अभियानको सुरुवात गरिएको छ । दुईवटै विद्यालयमा भएको कार्यक्रममा सहभागि किशोर किशोरीहरुले अहिले पनि आफ्नो वडामा बालविवाह हुने गरेकाले यसको रोकथामका लागि स्थानीय सरकार बाट पनि अपेक्षा गरे अनुसारको सहयोग नभएको गुनासो गरेका थिए ।
आफुहरुले वडा सरकारलाई वडामा भएको बाल बिवाहको बारेमा जानकारी गराउदा पनि कतिपय अवस्थामा सुनुवाई नहुने र वडा सरकारले पहल गर्न खोज्दा वडाका अन्य सरोकारवाला जस्तै राजनितिक दल, समाजका अगुवाहरुले साथ नदिने गरेको विद्यार्थिहरुको गुनासो थियो । वडा न ४ का विद्यार्थिहरुले अहिले पनि वडामा एक दुई वटा बालविवाह भएकाले उनीहरुलाई आवश्यक कार्बाहीका लागि कुनैपनी क्षेत्र बाट पहल नभएको गुनासो गरेका छन ।
वडा न ४ चाल्साका अध्यक्ष मिन बहादुर साउदको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै कमलबजार नगरपालिका उप प्रमुख सारदा बिष्ट कुवँर प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा बोल्दै उप प्रमुख बिष्टले पहिलेको तुलनामा पालिकामा बालविवाहा कम हुदै गएको र यसलाई पुर्ण रुपमा बन्द गर्नका लागि जगरपालिका आफ्ना योजनाका साथ अघि बढ्ने प्रतिबद्धता जनाउनु भएको छ ।

आफुले यो अभियानलाई थप प्रभावकारी बनाउनका लागि वडा सरकार संग निरन्तर छलफल र बहस गरिरहेकाले आगामी दिनमा बिशेष अभियानका साथ अघि बढ्ने बताउनुभयो । वडा तहमा गठन भएका बालक्लबहरुले पनि यसका विरुद्धमा आवाज उठाउनुपर्ने र त्यसका लागि आवश्यक बजेटको ब्यवस्थापन पालिका सरकार बाट गर्ने सोही कार्यक्रममा प्रतिबद्धता जनाउनु भएको थियो ।
विद्यार्थिहरुले पनि गाउठाउमा हुने बालविवाहा जस्ता गलत कार्यको बारेमा निरन्तर आवाज उठाउनुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष मिन बहादुर साउदले आफुले वडामा बालविवाहा न्युनिरकणका लागि धेरै मेहनत गरेपनि वडाका अन्य राजनतिक दल र गन्ने मान्ने ब्यक्तिहरु बाट सहयोग नपाएको गुनासो गर्नु भएको छ । यस भन्दा अघि पनि आफुले उमेरै नपुगी बिहे गर्ने जोडीलाई कार्बाहीका लागि सिफारिस गरेपनि त्यो कार्यलाई सफल बनाउन कसैले पनी साथ नदिएको भन्दै अब कुनैपनी हालतमा आफु यो अभियान बाट पछी नहट्ने बताउनुभयो ।
दुई बर्षको अवधिमा वडामा १७ वटा बालबिवाहा भएको जानकारी गराउदै वडा अध्यक्ष साउदले अब पनि हामीले नसोचेको खण्डमा समजा समाज बर्वादीको बाटोमा अघि बढ्ने भन्दै चिन्ता ब्यक्त गर्नुभएको छ । अब वडा न ४ चाल्सामा उमेरै नपुगी गरिने बिहेलाई शुन्यमा झार्नका लागि बालक्लवले पनि आफुलाई साथ दिनुपर्ने र आफुहरु यस अभियानलाई सफल पारेरै छोड्ने उहाको प्रतिबद्धता रहेको छ ।
वडा अध्यक्ष साउदले अब वडा तहमा पनि बालबालिकाको क्षेत्रयमा आवश्यक्ता अनुसारको बजेट बिनियोजन गर्ने र त्यो बजेट उनीहरुकै क्षेत्रमा खर्च गर्ने प्रतिबद्धत जनाउनु भएको छ । कार्यक्रममा बोल्दै पशुपति मावि चाल्साका प्रधानाध्यापक कटक बहादुर थापाले अब विद्यालयको कक्षा कोठमा पनि यो कक्षालाई अगाडी बढाउने आफुहरुले योजना बनाएको बताउनु भएको छ । बालविवाहले वडामा विकराल रुप लिदै गएको हुद विद्यालय स्तर बाट पनि कुनै न कुनै किसिमको अभियान संचालन गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
यस्तै यही कार्यक्रम कमलबजार नगरपालिका वडा न २ को बजुडामा पनि सम्पन्न भएको छ । कार्यक्रममा सहभागि विद्यार्थिहरुले आफ्नो वडामा गत भदौ महिना यता बाल विवाह नभएको जानकारी गराएका थिए । आफुहरुको मेहनतको कारणले कुनैपनी बालबालिकाले सानो उमेरमा बालविवाह नगरेको क्लबकी अध्यक्ष ललिता बिष्टले जानकारी दिनुभएको छ ।
कार्यक्रममा बोल्ने विद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रधानाध्यापकले यो अभियानमा आफुहरुको पनि साथ र सहयोग रहने प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा बोल्ने अधिकांश बालबालिकहरुले आफु पनी बालविवाह नगर्ने र आफ्नो समुदायमा पनि हुन नदिने प्रतिबद्धता जनाएका छन ।
कार्यक्रमको संचालन कल्पना देवकोटाले गर्नुभएको थियो भने सहजिकरण रेडियो गाउँघरका कार्यकारी निर्देशक टेक बहादुर थापाले गर्नुभएको थियो ।
