
साँफेबगर ।

वैद्यनाथ धाममा जारी कोटिहोम महायज्ञको हवन कुण्डमा आगलागी भएको छ । फागुन १० गतेबाट सुरु भएको कोटिीम महायज्ञको हवन कुण्डमा आगलागी भएको हो ।


शनिबार दिउँसो करिब १:३० बजे हवन कुण्डमा आगलागी भएको बताईएको छ । हवन कुण्डमा आगलागी भएको दृश्यहरु सामाजिक संजालमा सार्वजनिक भएका छन् ।
१४४ वर्षमा एक पटक लाग्ने कोटिहोम महायज्ञको हवन कुण्डमा के कसरी आगलागी भएको हो भन्ने विषय भने खुलेको छैन ।
आगलागी बारे थप विवरण आउन बाँकी रहेको छ । फागुन १० गते देखि सुरु भएको कोटिहोम फागुन २५ गतेसम्म संचालन हुने छ ।
