मेल्लेखमा नमुना युवा संसद् अभ्यास कार्यक्रम सम्पन्न

अछाम, फागुुन २४:

Samajik New Add 2082

अछामको मेल्लेख गाउँपालिकामा नमुना युवा संसद् अभ्यास  कार्यक्रम सम्पन्न भएको छ ।
मेल्लेख गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखा र जिल्ला युवा समिति अछामको समन्वयमा चार दिनसम्म सञ्चालन भएको स्थानीय तहको नमुुना संसद कार्यक्रम बुुधवार सम्पन्न भएको हो ।

नेतृत्व क्षमताको विकास साथै स्थानीय सरकार संञ्चालनको  विधि कार्यक्रमलाई सफल बनाउन नमूूना संसद कार्यक्रम सञ्चालन गरिएको थियो ।
नमुना युवा संसद अभ्यास कार्यक्रममा गाउँपालिकाका सबै वडाबाट ३० जना युवाहरूको सहभागिता भएको थियो ।पालिकाभरी रहेका १६ वर्ष देखि २४ वर्ष सम्मका युवाहरूको सक्रिय सहभागितामा प्रतिभाको प्रस्फुटन हुनुका साथै स्थानीय तहमा भएका ब्यवस्था, निति निर्माण, संसदीय अभ्यास लगायतका बारेमा युवाहरू यो कार्यक्रमबाट जानकार बनेका छन् ।

मेल्लेख गाउँपालिका वडा ५ वडा अध्यक्ष प्रकाश अधिकारीको अध्यक्षता एवंम् अछाम जिल्ला युवा समितिका अध्यक्ष लिला केसीको प्रमुख आथित्यतामा नमुना युवा संसद अभ्यास कार्यक्रमको समापन गरिएको हो ।

समृद्ध राष्ट्र निर्माणको आधारस्तम्भको रूपमा रहेका युवा वर्गको नेतृत्व तथा क्षमता विकास गर्न यो कार्यक्रमले फाइदा पुुग्ने मेल्लेख गाउँपालिका–७ का वडा अध्यक्ष प्रेमबहादुुर महरले जानकारी दिए । नमुना युवा संसद अभ्यास कार्यक्रम निकै प्रभावकारी रहेकाे युवाको क्षमता अभिवृद्धिमा सहयोग पुगेकाे नेपाल पत्रकार महासंघ अछामका अध्यक्ष खम्म सिंह खत्रीको भनाइ थियो । यस्ता कार्यक्रमकाे निरन्तरता दिनुपर्ने बताएका थिए।

नमुना युवा संसद कार्यक्रमममा निर्वाचन गरिएको थियो । जसबाट अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्यको टोली निर्वार्चित भएर गाउँपालिकामा आएको थियो । जनप्रतिनिधिको टोलीले गाउँ सभा सञ्चालन गरेका थिए । स्थानीय तहको काम, कर्तव्य बारे र गाउँ सभा सञ्चालनका बारेमा अभ्यास मार्फुत् आफूूलाई धेरै जानकारी मिलेको कार्यक्रममा सहभागी चन्द्रा बुढाले बताइन् ।

कार्यक्रममा सिकेका अभ्यासलाई आफूूले आफ्ना गाउँ, ठाउँको विकासका लागि योजना छनौट गर्दा, कार्यन्वयन गर्दा  लगायतका थुप्रै कुरा आवाज उठाउने कार्यक्रममा अर्काे सहभागि सुुरत साउदले  बताए ।

नमुुना युवा संसद कार्यक्रममा सहभागिलाई केन्द्रीय प्रशिक्षक रविन्द्र विक्रम शाह र प्रशिक्षक यज्ञ बोगटीले गरेका थिए ।समापन कार्यक्रमको सञ्चालन मेल्लेख गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुुद शाखा प्रमुख बिरेन्द्र खड्काले गरेका थिए ।

कार्यक्रमबाटै मेल्लेख युवा समिति पनि गठन गरिएको छ। लोकेन्द्र साउद अध्यक्ष, उपाध्यक्ष चन्द्रा बुढा, सचिवमा रबिन्द्र बिक, कोषाअध्यक्षमा सरिता बुढा, सह सचिवमा तपेन्द्र बुढा, पुुस्पा रावल लगायत १७ सदस्यीय समिति गठन गरिएको हो ।

Leave A Reply

Your email address will not be published.