घट्टेखोलाको पानी लाछीमनाको पोखराखानमा पुग्यो

मंगलसेन नगरपालिका वडा न ३ मा रहेको घट्टेखोला लिफ्ट खानेपानी योजनाको निर्माण कार्यले तिब्रता पाएको छ । यस क्षेत्रका नागरिकहरुको खानेपानीको समस्यालाई मध्यनजर गर्दै निर्माण कार्य सुरु भएको उक्त योजनाको पहिलो चरणको कार्य सम्पन्न भएको छ ।

पहिलो चरणको कार्य अन्र्तगत घट्टे खोला बाट करिब एक किलोमिटर माथि लाछीमनाको पोखराखानमा लिफ्ट बाट पानी पु¥याएको छ । शनिबार पोखराखानमा रहेको पुरानो खानेपानीको ट्याङकीमा पानी हालिएको वडा न ३ का अध्यक्ष बृख बहादुर बोगटीले जानकारी दिनुभएको छ । रेडियो गाउँघर संग कुराकानी गर्दै अध्यक्ष बोगटीले भन्नुभयो यो योजनाको पहिलो चरणको काम सम्पन्न भएको छ अब वडा न ३ र मंगलसेन बजार क्षेत्रमा समेत यसको वितरण कार्यलाई अघि बढाईने बताउनुभयो ।

यो बृहत योजना हो अझै धेरै काम गर्न बाकी छ सानोतिनो लगानी बाट यसको निर्माण कार्य पुरा नहुने भएकाले यसका लागि थप बजेटको आवश्यक्ता हुने बताउनुभयो । पुर्व सांसद यज्ञ बोगटीको पालामा आर्थिक बर्ष २०७६÷०७७ मा सुरु भएको यो योजनाको निर्माण कार्य आर्थिक अभावको कारणले अपेक्षा गरेर अनुसार अघि बढ्न नसकेकाले थप लगानीका लागि प्रदेश र संघ सरकारले आवश्यक बजेट बिनियोजना गर्नुपर्ने माग गर्नुभएको छ । पहिलो चरणको काम सम्पन्न भएकाले वडाका अन्य टोलहरुमा खानेपानी विस्तारका लागि बजेटको आवश्यक्ता परेको अध्यक्ष बोगटीको भनाई छ । शनिबार पोखराखानमा पानी पुगेपछि पुर्व सांसद यज्ञ बहादुर बोगटी, नगर प्रमुख पदम बहादुर बोहरा र जनप्रतिनिधिहरुको टोलीले निरिक्षण समेत गरेको छ ।

आफ्नो कार्यकालमा यो योजनाको सुरुवात भएको भन्दै पुर्व सांसद यज्ञ बहादुर बोगटीले करिब ८ करोड लगानी हुनेगरि सुरुवात गरेपनि त्यसभन्दा पछीको सरकारले बजेट कटौती गरिदिदा समस्या भईरहेको बताउनुभयो । यो योजनाको निर्माण कार्य सम्पन्न गर्न आफु निरन्तर रुपमा केन्द्रिय सरकारमा धाईरहेको जानकारी गराउनु भएको छ । यस क्षेत्रको खानेपानीको समस्यालाई मध्यनर गर्दै आफुले यस भन्दा अघिपनि पटक पटक पहल गरेको र ढिलोगरि भएपनी यो कार्यले साथर्कता पाएको पुर्व सांसद बोगटीले बताउनुभयो ।

यस्तै मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराले आफुले निर्वाचनको समयमा खानेपानीको समस्या भएका वडाहरुको खानेपानीको समस्या समाधान गर्ने भनि प्रतिबद्धता जनाएको र सोही ढंगले क्रमश रुपमा एकपछि अर्कोे योजना सफल हुदै गएकोमा खुसी व्यक्त गर्नुभएको छ ।

आफुहरुको पहलमा अहिले वडा न १३ बस्ती, वडा न १ को जैधन र वडा न ७ को जनाली खानेपानीको काम पनि अन्तिम चरणमा पुगीसकेको नगर जानकारी दिनुभएको छ ।

Health office
Everest Incitute
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.