च्याउ खेती ४० जिल्लामा, १५ करोड बढीको हुन्छ आयात

Samajik Bal biwaha

१४ पुस, काठमाडौं । हरेक १५ पुसमा नेपालमा ‘राष्ट्रिय च्याउ दिवस’ मनाइने गरिन्छ । च्याउ दिवस औपचारिक रूपमा मनाइरहँदा नेपाली उत्पादनले नै च्याउको माग धान्न सक्ने अवस्था भने छैन ।

पछिल्लो समय तीव्र रूपमा च्याउ खेती विस्तार भइरहँदा पनि माग धान्न नसकेको च्याउ उत्पादक किसान बताउँछन् । च्याउ उत्पादक किसान संघका अनुसार नेपालका ७० जिल्लामा च्याउ खेती विस्तार भएको छ भने ४० जिल्लामा व्यावसायिक उत्पादन गर्ने किसान छन् ।

हाल च्याउ खेतीमा करिब ३५ हजार किसान आबद्ध छन् । संघका अनुसार च्याउको बीउ उत्पादन गर्ने ल्याब संख्या ६७ छ ।

संघ अध्यक्ष सन्तोष कार्कीका अनुसार किसानले वार्षिक करिब १५ अर्ब रुपैयाँको कारोबार गर्दै आएका छन् ।

कति हुन्छ उत्पादन ?

कार्कीका अनुसार नेपालमा दैनिक करिब १ लाख किलो च्याउ उत्पादन हुन्छ । ‘प्रत्येक दिन ५० हजार किलो कन्य च्याउ, १० हजार किलो गोलो च्याउ, १२ सय किलो राजा च्याउ, ६ सय किलो सिताके च्याउ र अन्य च्याउ १० हजार किलो उत्पादन हुन्छ,’ उनले भने ।

उनका अनुसार नेपालमा अहिले वार्षिक १५ देखि २० करोडको च्याउ आयात हुने गरेको छ । ‘हामीले करोडौंको आयात गर्दा जम्मा ८–१० लाखको मात्रै निर्यात गर्छौं, कन्य च्याउ आयात हुँदैन, अन्य च्याउ विभिन्न नाममा आयात हुन्छ,’ उनी भन्छन् ।

सरकारले साथ दिए आत्मनिर्भर

च्याउको व्यावसायिक उत्पादनमा सरकारले बेवास्ता गरेको कार्कीले बताए । सुरुवाती समयमा सामान्य सहयोग भए पनि च्याउखेतीले व्यावसायिक रूप लिँदा सरकारले सहयोग नगरेको अध्यक्ष कार्कीले बताए ।

Mangalsen Mun Anurodh

‘हाम्रो जंगलमा बहुमूल्य च्याउ कुहिएर गइरहेको छ, त्यसलाई सरकारको पहलमा व्यावसायिक रूपमा उत्पादन गर्न थाल्नुपर्छ भनेर माग गर्दै आएका छौं, तर सुनुवाइ हुन सकेको छैन । अनुसन्धान केन्द्र पनि आवश्यक छ,’ उनी भन्छन् ।

उनले च्याउ दिवसलाई संघ सरकारले पनि घोषणा गरेर कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । किसानले करिब १८ घण्टा च्याउको काम हुने भएकाले एक दिन च्याउ उत्सवका रूपमा मनाउन सरकारले चासो दिनुपर्ने उनको भनाइ छ ।

किसानले आफैं मनाउँदै छन् च्याउ दिवस

च्याउ उत्पादक किसान संघले ९–२९ पुस २०७६ मा मेची–महाकाली ‘राष्ट्रिय च्याउ जागरण अभियान’ सञ्चालन गरेको थियो । पुस महिना मौसमका हिसाबले सबै खालको च्याउ उत्पादन हुने हुँदा पुसको कुनै एक दिन च्याउ दिवसका रूपमा घोषणा गराउन संघ र च्याउ उत्पादक किसानले प्रयत्न गरिरहेका छन् ।

राष्ट्रिय च्याउ जागरण अभियानको पहिलो कार्यक्रम १५ पुस २०७६ मा बागमती प्रदेश राजधानी हेटौंडामा सञ्चालन भएको थियो । सोही अनुसार हरेक वर्ष १५ पुसमा किसानले नै दिवस मनाइरहेका छन् ।

के हो च्याउ ?

च्याउ एक प्रकारको ढुसी हो, तर सबै ढुसी च्याउ होइनन् । च्याउले आफ्नो खाना आफैं बनाउन सक्दैन । च्याउ जरा र पात नभएको, फूल नफुल्ने र आँखाले नदेखिने, मसिनो धागो जस्तो रेसाले जेलिएर बनेका हुन्छन् । यी रेसालाई अंग्रेजीमा ‘माइसेलियम’ भनिन्छ ।

यिनीहरू कुहिएको वस्तुमा, चिसो र ओसिलो ठाउँमा उम्रिन्छन् । च्याउ अति नै पोषिलो र स्वास्थ्यबद्र्धक खाद्यवस्तु हो । त्यसैले विश्व बजारमा यसको माग अत्यधिक छ ।

नेपालमा हाल गोब्रे, कन्ये, सिताके, दुधे र राजा च्याउको व्यवसायिक खेती गरिँदै आएको च्याउ किसान संघले जनाएको छ ।

नेपालमा च्याउको इतिहास

च्याउ किसान संघका अनुसार नेपालमा प्राचीन समयदेखि नै च्याउ उपभोग गरिँदै आएको पाइन्छ । व्यावसायिक च्याउ उत्पादन नगरिएको अवस्थामा पनि वनमा उपलब्ध भएको च्याउ मानिसले उपभोग गर्ने गरेको पाइन्छ ।

Health office
Everest Incitute
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.