यत्रो विद्रोह हुँदा पनि हिजो सत्तामा रहेकाहरूको घमण्ड घटेन: प्रचण्ड

Purnima Mobile
Kirci Gyan Kendra

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जेनजी विद्रोहपछि पनि हिजो सत्ताको नेतृत्व गरेकाहरूको घमण्ड नघटेको टिप्पणी गरेका छन् ।

Samajik New Add 2082

शुक्रबार प्रेस सेन्टरले राखेको सम्पादकहरूसँगको छलफलमा बोल्दै अध्यक्ष प्रचण्डले हिजो सत्ताको नेतृत्व गरिरहेको एमाले अध्यक्ष केपी शर्मा ओली आत्मरतिमा रमाइरहेको बताएका हुन् ।

Mellekh RM1
Saud Agro Kailash

‘जनता कति असन्तुष्ट छन् भनेर हामीले पटकपटक खबरदारी गर्‍यौं । तर सरकारले सुनेन। असन्तुष्टि झनझन् बढ्दै गयो। यत्रो घटना हुँदा पनि हिजो सरकारमा रहेका दलमा घमण्ड अझै गएको छैन,’ उनले भने ।

उनले आफू नेतृत्वको सरकार बिचौलियासँग नझुकेकै कारणले ढलेको बताए ।

‘बिचौलियासँग झुक्न चाहिनँ। त्यो सेटिङ तोड्न खोज्दा मेरो सरकार ढल्यो,’ उनले भने । -setopati

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.