युरिक एसिडको समस्या भएका व्यक्तिले के खाने के नखाने ?

Purnima Mobile
Kirci Gyan Kendra

युरिक एसिड प्रोटिनको मेटाबोलिज्मबाट निस्कने घुलनशील तत्त्व हो, जुन सामान्यतया पिसाबमार्फत शरीरबाट बाहिर निस्कन्छ। मिर्गौलाको पिसाब छान्ने क्षमता कम हुँदा युरिक एसिड जोर्नीहरूमा जम्मा भएर गाउट र जोर्नी दुख्ने समस्या निम्त्याउँछ।

Samajik New Add 2082

युरिक एसिड रगतमा पाइने घुलनशील तत्त्व हो, जो प्रोटिनको मेटाबोलिज्मबाट निस्कन्छ । यो विशेष गरी न्युक्लिक एसिड र प्युरिन ग्रुपको प्रोटिनबाट बन्छ ।

Mellekh RM1

सामान्यतया, युरिक एसिड पिसाबमार्फत शरीरबाट बाहिर निस्कन्छ । तर, जब मिर्गौलाको पिसाब छान्ने वा युरिक एसिड बाहिर फाल्ने क्षमतामा कमी आउँछ, यो जोर्नीहरूमा जम्मा भएर जोर्नी दुख्ने, सुन्निने र गाउट जस्ता समस्याहरू निम्त्याउँछ । युरिक एसिडको स्तर व्यक्तिपिच्छे फरक–फरक कारणले बढ्न सक्छ ।

धेरैले उच्च प्रोटिनयुक्त खानाले युरिक एसिड बढाउँछ भन्ने ठान्छन्, तर यो गलत हो । युरिक एसिडको स्तर प्रोटिनसँग होइन, प्युरिनसँग सम्बन्धित हुन्छ ।

के नखाने ?

उच्च युरिक एसिडको स्तर नियन्त्रण गर्न खानपानमा विशेष ध्यान दिनुपर्छ । यी खानेकुराहरूले युरिक एसिडको स्तर बढाउन सक्छ

उच्च प्युरिनयुक्त खानेकुराहरू

रातो मासु : खसी, राँगाको मासु साथै बेकन, ससेज जस्ता प्रशोधित मासु ।

जनावरका भित्री अंगहरू : कलेजो, मिर्गौला, मुटु आदि ।

सामुद्रिक खाना : टुना, सार्डिन, झिगे माछा, माछाको अण्डा ।

तरकारीहरू : काउली, ब्रोकाउली, च्याउ, पालुङ्गो, कुरिलो, हरियो केराउ, प्याजको पात । यी तरकारीहरू पूर्ण रूपमा बन्द गर्नुपर्दैन, तर कम मात्रामा खानुपर्छ । केही व्यक्तिलाई गोलभेडाले ट्रिगर गर्न सक्छ, त्यसैले शरीरको अवस्था हेरेर खानुपर्छ ।

गेडागुडी : राजमा, चना, क्वाँटी । यी गेडागुडी अत्यधिक मात्रामा नखाने ।

पेय पदार्थ : सोडा कोक, पेप्सी, स्प्राइट, फेन्टा जस्ता गुलियो पेय पदार्थहरू । साथै ह्वस्की बियर र वाइन जस्ता मदिरा । यी पेय पदार्थले युरिक एसिडको स्तर बढाउनुका साथै पिसाबमार्फत उत्सर्जनमा बाधा पुर्‍याउँछ ।

बेकरी र प्रशोधित खाना : पेस्ट्री, केक, बिस्कुट, चिप्स

के खाने ?

कम प्युरिनयुक्त खानेकुराले युरिक एसिडको स्तरलाई नियन्त्रणमा राख्न मद्दत गर्छ । त्यसैले यस्ता खानेकुराहरू समावेश गर्न सकिन्छ ।

फलफूल : स्याउ, सुन्तला, अम्बा, केरा, अनार ।

तरकारीहरू : फर्सी, लौका, मुला, गाँजर काँक्रो ।

गेडागुडी : मुगी दाल, मुसुरो दाल, कम मात्रामा र कहिलेकाहीँ चना वा अन्य दाल खान सकिन्छ ।

अन्न : चामल, गहुँ, जौ, ब्राउन राइस, ओट्स, क्विनोआ।

दुग्धजन्य उत्पादन : कम चिल्लो भएको दही, बटर मिल्क, पनिर । केही व्यक्तिमा दहीले ट्रिगर गर्न सक्छ, त्यसैले परीक्षण गरेर खानुपर्छ ।

नट्स र सिड्स : बदाम, चिया सिड्स, आलस,

पेय पदार्थ : कागती पानी, नरिवल पानी, ग्रिन टी, तुलसी चिया । दिनमा कम्तीमा २–३ लिटर पानी पिउनुपर्छ । जसले युरिक एसिड उत्सर्जनमा सहयोग गर्छ ।

एन्टी–इन्फ्लामेटरी खाना : बेसार, अदुवा, दालचिनी, लसुन । यी खानेकुराले जोर्नी सुन्निने समस्या र दुखाइ कम गर्छ ।

युरिक एसिड व्यवस्थापनका लागि बिहानदेखि बेलुकासम्म के खाने ?

बिहान

Saud Agro Kailash

मनतातो पानीमा कागती, बेसार र दालचिनी मिसाएर पिउने । यो मिश्रणले शरीरलाई डिटक्सिफाइ गर्छ र सुन्निने समस्या कम गर्छ।

बिहानको खाजा

-बेसनको रोटी वा मुगी दालको स्प्राउट्स सलाद ।

-१–२ वटा उसिनेको अण्डा ।

-ग्रिन टी वा तुलसी÷दालचिनी चिया ।

दिउँसोको खाना

-ब्राउन राइस वा गहुँको रोटी ।

-मुगी वा मुसुरो दाल ।

-काँक्रो, गाजर, मुलाको सलाद ।

-सिजनल तरकारी, पालुङ्गो, च्याउ, काउली कम प्रयोग गर्ने ।

खाजा

-बदाम (५–६ दाना), मखाना वा सूर्यमुखीको बीउ ।

-कम चिल्लो भएको दही वा बटर मिल्क ।

-अदुवा चिया वा ग्रिन टी ।

बेलुकाको खाना

-रोटी, ओट्स वा क्विनोआ ।

-सिजनल तरकारी

-क्यामोमाइल चिया वा बेसार हालेको दूध ।

कस्तो जीवनशैली अपनाउने ?

-दिनमा २–३ लिटर पानी वा झोलयुक्त खानेकुरा सेवन गर्ने । यसले युरिक एसिड पिसाबमार्फत बाहिर निस्कन सहयोग गर्छ ।

-दैनिक ३०–४० मिनेट हल्का व्यायाम हिँड्ने, योग, स्ट्रेचिङ गर्ने । मोटोपन घटाउनाले युरिक एसिडको जोखिम कम हुन्छ ।

-दैनिक ७–८ घण्टा गहिरो निद्रा लिने । निद्राको कमीले युरिक एसिडको स्तर बढ्न सक्छ ।

-कोक, पेप्सी, बियर, वाइन पूर्णरूपमा बन्द गर्ने, यी पेयले युरिक एसिडको स्तर बढाउँछ र उत्सर्जनमा बाधा पुर्‍याउँछ ।

-रगत परीक्षणमार्फत युरिक एसिडको स्तर निगरानी गर्ने । जोर्नी दुख्ने, सुन्निने जस्ता लक्षणहरूलाई ध्यान दिएर खानपान समायोजन गर्ने ।

-ध्यान, प्राणायाम, र तनाव कम गर्ने गतिविधिहरूले युरिक एसिड नियन्त्रणमा सहयोग गर्छ ।

-भिटामिन सीयुक्त खानेकुरा सुन्तला, कागती, अमलाले युरिक एसिडको स्तर कम गर्न मद्दत गर्छ ।

-यदि युरिक एसिडको स्तर धेरै उच्च छ वा गाउटको समस्या छ भने डाक्टरसँग परामर्श गरेर औषधि वा डाइट प्लान बनाउने । – अनलाईनखबर

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.