सामुदायिक विद्यालयकाे शैक्षिक गुणस्तर सुधारिनेछ : प्रधानमन्त्री देउवा

Kirci Gyan Kendra

काठमाण्डौः

Samajik New Add 2082

प्रधानमन्त्री शेरबहादुर देउवाले सामुदायिक विद्यालयमा शिक्षाकाे गुणस्तर वृद्धि गर्न सरकारले विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेकाे बताउनुभएकाे छ । ललितपुरकाे नमूना मच्छिन्द्र मावि भवनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले सामुदायिक विद्यालयमा शिक्षाकाे गुणस्तर सुधार गर्न भविष्यमा थप कार्यक्रम गर्ने बताउनुभयाे ।

सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण कम भएको भन्ने अवस्थामा पनि यस विद्यालयले उल्लेख्य विद्यार्थी पठनपाठन गरिरहेको सुन्न पाउँदा आफूलाई खुसी लागेको उहाँले बताउनुभयो ।

सबैका लागि सहज पहुँच र गुणस्तरीय शिक्षा अभियानमा सरोकारवाला सबैलाई ध्यान केन्द्रित गर्न प्रधानमन्त्री देउवाले आग्रह गर्नुभएको छ । साथै उहाँले विद्यालयको भौतिक सुधारपछि गुणस्तरीय शिक्षातर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।

Saud Agro Kailash

विसं २०७२ वैशाखमा गएको भूकम्पबाट देशका धेरै शैक्षिक संरचनामा क्षति पुगेको अवस्थामा जापान सरकारको सहयोगमा आवश्यक पूर्वाधारसहित विद्यार्थीलाई पठनपाठन गराउने गरी भएको विद्यालयको पुनर्निर्माणप्रति उहाँले खुसी व्यक्त गर्नुभयो । विद्यालयमा दृष्टिविहीन बालबालिकालाई पनि पढाउने व्यवस्था गरिएकामा त्याे काममा सहयोग गर्ने सबैलाई उहाँले धन्यवाद दिनुभयो । जापानको ऋण सहयोगमा १२ करोड तीन लाख रुपैयाँको लागतमा याे विद्यालय निर्माण गरेको हो ।

जाइकामार्फत नेपालका धेरै ठाउँमा शिक्षा, स्वास्थ्य, विपद् नियन्त्रणलगायत क्षेत्रमा निःस्वार्थ सहयोग गरेको भन्दै प्रधानमन्त्री देउवाले सरकारका तर्फबाट जापान सरकारलाई धन्यवाद दिनुभयो । प्राधिकरणअन्तर्गत भूकम्पबाट क्षति पुगेका ३२ जिल्लाका सात हजार पाँच सय ५३ विद्यालयमध्ये अहिलेसम्म ६ हजार ६ सय ४४ विद्यालयको पुनर्निर्माण भइसकेको छ । बाँकी पुनर्निर्माणका क्रममा छन् ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुुसालले भूकम्पबाट देशमा ठूलो जनधनको क्षति पुगेसँगै पुराना जीर्ण बनेका विद्यालयको पुनर्निर्माण गर्ने अवसर प्राप्त भएको उल्लेख गर्नुभयो । अग्रजहरूले स्थापना गरेका विद्यालयका कारण नै ललितपुर शिक्षाको हबका रूपमा चिनिएको भन्दै उहाँले आउँदा दिनमा शिक्षाको गुणस्तर थप सुधार गर्न सबै लाग्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पले क्षति पुर्‍याएका भौतिक संरचनाको पुनर्निर्माणमा भएका प्रगतिबारे जानकारी गराउँदै सबैको सामूहिक प्रयासले मात्र यो सम्भव भएको हो भन्नुभयो । पुनर्निर्माणका क्रममा नागरिकले प्रत्यक्ष रूपमा विभिन्न लाभ प्राप्त गरेको बताउँदै उहाँले पुनर्निर्माणका क्रममा स्थानीय मौलिक प्रविधिको विकास र प्रयोगसमेत भएको जानकारी गराउनुभयो ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधारको खाँचो औल्याउँदै निर्माण र पुनर्निर्माण भएका विद्यालयको मर्मत गरी दुरुस्त राख्न सरोकारवाला सबैको ध्यानाकर्षण गराउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन मिश्रले विद्यालय निर्माणमा आवश्यक सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।

 

-उज्यालोबाट

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.