डोटीमा भरुवा बन्दुक सहित चार जना पक्राउ

डोटी, १९ जेठः
दिपायल सिलगडी नगरपालिका-६ हस्पिटल मोडबाट १ थान भरूवा बन्दुक सहित सोही ठाउँ बस्ने २७ वर्षीय डम्मर बोहरा लगायत ४ जनालाई बुधबार राति प्रहरीले पक्राउ
गरेको छ ।

Samajik New Add 2082

उक्त ठाउँमा केही मानिसहरुले मादक पदार्थ सेवन गरी हो हल्ला गर्नुका साथै बन्दुक समेत पड्काई रहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको
प्रहरीले सोही ठाउँस्थित होटलको कोठाभित्र लुकाई राखेको उक्त बन्दुक सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

घटनामा संलग्न अन्य फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave A Reply

Your email address will not be published.