
जनकपुरबाट भैरहवा जाँदै गरेको यात्रुबहाक बस रूपन्देहीमा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । आज बिहान करिब ४:३० बजेतिर रूपन्देहीको रोहिणी नदीमा बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।

राेहिणी गाउँपालिका वडा नम्बर ३ र ओमसतिया गाउँपालिका वडा नम्बर ४ मा पर्ने बसन्तपुरस्थित पुलबाट राेहिणी नदीमा बस खसेको थियो ।
लु २ ख ३८४१ नम्बरको बसमा बसमा ३३ जना सवार रहेकाे रुपन्देही प्रहरी प्रवक्ता डीएसपी नवरत्न पाैडेलले बताए । घाइतेहरुकाे प्रहरीले उद्धार गरेर अस्पताल पुर्याएको छ । दुर्घटनामा २४ जना घाइते भएकाे प्रहरीले जनाएकाे छ ।
