रामारोशन गाउँपालिकामा दिपक खनालको अध्यक्षतामा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको नयाँ समिति चयन

दलबहादुर साउद, रामारोशन ४ असार ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको रामारोशन गाउँपालिका स्तरिय प्रथम अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । अधिवेशन आयोजक समिति सदस्य श्याम बहादुर भण्डारीको अध्यक्षतामा भएको अधिवेशनबाटदिपक खनालको अध्यक्षतामा ३३ सदस्यीय संगठनको पालिका कमिटी गठन गरिएको हो ।

Everest Incitute

कमिटीको उपाध्यक्षमा मत रावल र श्याम बहादुर भण्डारी, सचिवमा बम बहादुर साउद, कोषाध्यक्षमा ममता कुमारी बुढा, सहसचिव हिरण्ड कुमार भण्डारी लगायत अरु सदस्य रहनुभएको छ ।

अधिवेशनको उदघाटन कार्यक्रममा संगठनका केन्द्रिय सदस्य रामबहादुर भण्डारी प्रमुख अतिथि रहनुभएको थियो । अधिवेशनका विशिष्ट अतिथिमा नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य तथा निवर्तमान गाउँपालिका उपाध्यक्ष सरस्वती रावल, पहल साउद र गाउँपालिका उपाध्यक्ष सिर्जना देवी बुढा रहनुभएको थियो । रामारोशन पर्यटन विकास समितिका कार्यकारी निर्देशक गंगा कुवर बुढा लगायतका अतिथि रहनुभएको थियो । कार्यक्रमको सञ्चालन रामारोशन गाउँपालिकाका एम आई एस अपरेटर दलबहादुर साउदले गर्नुभएको थियो ।

केही तस्बिरहरुः

Health office
P & T Computers
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.