दलीय समिक्षा

Purnima Mobile
Kirci Gyan Kendra

बालाराम उपाध्यायः

Samajik New Add 2082

नेपाल यस्तो देश हो, जुन लामो समय बाइसे चौबिसे राज्यमा बिभाजित थियो, पृथ्वीनारायण शाह को नेपाल एकीकरण अभियान सफल भए पछि, विभिन्न फरकफरक राज्यको निति र नेतृत्व को कार्य शैली बाट आजित जनता आफ्नो उज्ज्वल भविस्यको परिकल्पना गरिरहेका थिए । उहाँको मृत्यु चाडै हुनु र उहाँ का उत्तराधिकारीहरुको सत्ता मोह र चरम महत्वाकांक्षीले गर्दा जहाँनिया राणा शासन सुरु भयो । जसको शासन काल १०४ बर्ष थियो । जनताको इच्छा र चाहना अनुसार शासन सत्ता सन्चालन नभएर उहाँहरुले आफ्नो रुचि र चाहना अनुसार सत्ता सन्चालन गरे । जनताको आवश्यकता को ख्याल् गर्नुको साटो जनबोली मा भोटे ताल्चा लगाउने कार्य गर्दै गए । जनता र सरकारको सम्बन्ध प्रगाढ हुनु पर्नेमा दुरि बढ्दै गयो ।

Mellekh RM1

शासक प्रती जन विस्वास घट्दै गयो।बिरोध को संकेत देखिन थाल्यो । आफ्नो शैली र व्यबहार मा सुधार गर्नुको सट्टा उल्टै जन आवाज दबाउन कडा दमनको निति लियो । जति जति राज्यको दमन बढ्दै गयो जनता थप आक्रोशित बन्दै गए । जसको कारण नेपाली जनताले मृत्युु वरण गर्नु पर्यो । आफ्नै जनता माथी गोलि बर्साउन थाल्यो कयौं नेपाली हरु सहिद बन्न पुगे । जनताको बोली दबाउन गोलि बर्साउने साशक जनताको ताकत संग कसरी टिक्थे ? टिक्न सकेनन्, जनताको जित भयो, देशमा प्रजातन्त्र आयो भनियो । जनता पर्ख र हेराइमा थिए । नाम मात्रै को प्रजातन्त्र आयो।जसबाट निरंकुश पन्चायती शासन ब्यबस्थाको जग बस्यो । यसले पनि जन पक्षीय कार्य हैन, राज भक्षिय नीति तथा कार्यक्रम संचालन गर्न थाल्यो । राणा शासन भन्दा केही प्रगतिशील र सुधारवादी देखिए पनि पन्चायत ले पनि जन चाहना अनुसारको कार्य गर्न सकेन ।

Saud Agro Kailash

जब राज्य ले जनताको आवश्यकता बुझ्दैन, जनताको मागको सुनुवाइ गर्दैन त्यो जनताको सरकार हुनै सक्दैन । केही पन्चे मण्डले बाहेक सर्बसाधारण जनताले सरकारको अनुभुति गर्नै पाएनन् । जो होचो उसैको मुखमा घोचो भने जस्तै भयो । साहुहरु मुखियाहरु यस्तै सामन्तहरुको उदय गराइयो । जस मार्फत जनतालाई थप दुःख दिने काम गरियो । चाकरीबाजहरुको बोलवाला भयो भने निर्धा र दुब्लाहरु को हिसाबै गरिएन । धनी झन धनी र गरिव झन गरिब भएर धनी र गरिबको खाडल बढ्दै गयो । दरबार र जनताको सम्बन्ध टाढिदै गयो। जनताको भावनाअनुरूप अघि बढ्नुपर्ने तिर राजामहाराजाहरुको ध्यानाकषिर्त नै भएन । जन चाहना बुझ्दै बुझेनन् । जनताको आवाजलाई सम्बोधन गर्नु को साटो त्यसलाई मत्थर पार्ने गरि योजना बनाइए । जनताको ताकत भन्दा ठूलो अरु कुनै हुनै सक्दैन। शासक र शासितको सम्बन्ध नङ र मासुको जस्तो हुनुपर्नेमा बाघ र बाख्रो को जस्तो हुन थालेपछी, ब्यबस्था कमजोर हुने र जनतामा शासक प्रती बिद्रोहि भाव जाग्रीत हुँदै जान्छ ।

फलस्वरूप पन्चायत ढल्यो २०४६ सालमा प्रजातन्त्र आयो । नेपाल अधिराज्यको संविधान २०४७ निर्माण गरियो र यसलाई भनियो विश्व कै उत्कृष्ट संविधान । संबिधान भन्दा राजालाई माथी राखी बनाइएको यो संविधान को उचित कार्यान्वयन को साटो राजाको मनोमानी र स्वसन्चालित दस्तावेज बन्यो । जनताले कल्पना गरेको ब्यबस्था जुन थियो, जुन प्रकारले दल, नेता र सरकार प्रतीको अपेक्षा गरेका थिए त्यो पूरा गर्नु भन्दा दलिय स्वार्थमा देश संचाल हुन थाल्यो । समाजमा सिमित मान्छेहरुको मात्रै बोलबाला हुन थाल्यो । सरकारमा जनताको पहुच पुग्नै सकेन । जन प्रतिनिधि जनता प्रती उत्तरदायी हुनुको साटो दल र तिनको नेतृत्व प्रती बढी बफादार देखिन थाले । गरिव र दुखी जनता जो हर तरहले पछाडि पारिएका छन् तिनिहरु राज्यको सेवा सुबिधाबाट बन्चित हुन थाले । सत्ता, शक्ति र सम्पत्ति भएकाहरु कै वरिपरि राज्य संयन्त्र परिचालित हुन थाल्यो ।

आन्दोलन गर्ने, लड्ने भिड्ने जनताहरु राज्यबाट लाभ अर्कैले लिने अवस्था आएपछि जनताले बहुदलीय ब्यवस्था विरुद्ध धावा बोले । देशमा जनयुद्ध शुरु भयो । लाखौं नेपाली जनताको प्रत्येक्ष वा अप्रत्यक्ष सहभागितामा सो जनयुद्धमा कयौं होनहार नेपाली दाजुभाइ दिदी बहिनीहरुले ज्यान गुमाए । कयौं घाइते, बेपत्ता पारिए । तमाम नेपाली जनताहरु द्वन्द्वबाट प्रभावित भए । पिछडिएको जाति बर्ग, क्षेत्र, लिंग र समुदायको सक्रिय सहभागितामा संचालित यो क्रान्तिले नेपाल को राजनीतिमा ठुलो परिवर्तन गर्यो । जनयुद्ध र यसको जगमा आरम्भ भएको १९ दिने जन आन्दोलनले संघीयता, समाबेशी, समानुपातिक प्रणाली सहितको नेपालको संविधान (२०७२) निर्माण गर्न सफल भयो । करिब २३७ बर्ष सम्म राज गरेको राजतन्त्र ढल्यो ।

जनताले अत्यन्तै ठूलो बलिदान मार्फत प्राप्त यो उपलब्धिले आम नेपाली जनताको जित भएको र सबै जाति, धर्म, क्षेत्र, बर्ग र समुदायको उल्लेख्य प्रगति हुने अपेक्षा गरियो । तर फेरि उहीँ प्रवृत्तिको पुनरावृत्ति भयो । दलितको नाममा होस् या अरु जातिको नाम महिला होस् या अन्य बर्ग, जसले हिजो देखि राज्य सत्ताबाट लाभ लिइरहेका थिए, जो पटकपटक अवसर पाई रहेका थिए तिनीहरु नै हाबी भए ।  आफ्नै वरिपरिको सामान्य मान्छेको जीवन शैली रातारात बदलिएको देखिन थाल्यो । सत्ता र शक्ति को दुरुपयोग भएको देखिन थाल्यो । जन प्रतिनिधिहरुमा उहीँ पन्च शैली देखिन थाल्यो । यी र यस्ता गतिविधिले आम सर्बसाधरण जनतामा निरासा पैदा भएको देखिन्छ । हामी नै सर्बे सर्बा हौं भन्ने किसिमको दल र यिनका प्रतिनिधिहरुमा भएको चिन्तन गलत छ । यसमा नेपालका राजनीतिक दलहरूले एकपटक ठन्डा दिमागले सोच्न जरुरी छ । विशेष गरि ठुला भनिएका दलहरुले दलिए रूपमा गम्भीर समिक्षा गर्न जरुरी छ । जनतालाई केन्द्र बिन्दु नबनाइ, उनीहरुको इच्छा बिपरितका कार्यमा सरिक दल र ब्यबस्थाको भबिष्य न हिजो राम्रो भयो न भोलि हुनेछ । त्यसैले बेलैमा समिक्षा गरौ यो नै सबैको हितमा हुनेछ ।

(लेखक बालाराम उपाध्याय नेकपा माओवादी केन्द्र अछाम जिल्ला सदस्य तथा अधिवक्ता समेत हुनुहुन्छ ।)

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.