काठमाडौंसहित ७ जिल्लामा आज कांग्रेसको वडा अधिवेशन

Kirci Gyan Kendra

५ असोज ।

Samajik New Add 2082

नेपाली कांग्रेसले काठमाडौंसहित सात जिल्लामा आज वडा अधिवेशन गर्दैछ।

आज हुने अधिवेशनबाट वडा सभापति, कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन हुनेछन्।

भदौ १८ देशभरका छ हजार सात सय ४३ वडामा एकैदिन अधिवेशन गर्ने भने पनि ५७ जिल्लामा मात्रै अधिवेशन भएको थियो।

बाँकी २० जिल्लामा आज अधिवेशन गर्ने भने पनि तीमध्ये १३ जिल्लामा अधिवेशन हुन सकेको छैन।

क्रियाशील सदस्यताको सूची नै सार्वजनिक नहुँदा प्रदेश नम्बर २ का ८ सहित १३ जिल्लामा वडा अधिवेशन अन्यौलमा परेको छ।

क्रियाशील सदस्यतासम्बन्धी विवाद पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यद्वय मिनेन्द्र रिजाल र रमेश लेखकले मिलाए पनि कार्यान्वयनमा आइसकेको छैन।

Saud Agro Kailash

क्रियाशील सदस्यताको सूची पार्टी वेबसाइटमा नराख्दा प्रदेश २ का ८ जिल्ला, रसुवा, डोल्पा, बाँके, कैलाली र सुर्खेतमा वडा अधिवेशन अन्यौलमा परेको छ।

आज काठमाडौं, काभ्रे, सिन्धुपाल्चोक, कपिलबस्तु, बर्दिया, बाजुरा र मोरङमा वडा अधिवेशन हुने कांग्रेसले जनाएको छ।

मोरङमा क्रियाशील सदस्यता विवाद भएपछि एक पक्ष अदालत पुगेको छ।

सहमहामन्त्री सुनिलबहादुर थापा पक्षले अधिवेशन रोक्न माग गर्दै रिट दिएको हो। अधिवेशन सम्बन्धी सबै प्रक्रिया रोक्न माग गर्दै थापा पक्षधरले उच्च अदालत मोरङमा सोमबार रिट दिएका छन्।

थापा राप्रपा छाडेर कांग्रेस प्रवेश गरेका थिए। राप्रपा छाडेर थापासँगै कांग्रेसमा आएकाहरूले क्रियाशील सदस्यता नपाएको गुनासो गरिरहेका छन्।

समयमै वडा अधिवेशन हुन नसक्दा कांग्रेसले असोज ९ मा गर्ने भनेको गाउँ/नगर अधिवेशन प्रभावित हुने भएको छ। वडा सभापति र क्षेत्रीय प्रतिनिधि गाउँ/नगर अधिवेशनका मतदाता हुन्छन्।

कांग्रेसले केन्द्रीय महाधिवेशन भने मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा गर्ने बताएको छ।

-Setopati

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.