शेरबहादुर कुँवरले कहिल्यै पनि पदको लागि मरिहत्ते गर्नुभएन: अध्यक्ष नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले शेरबहादुर कुँवरले कहिल्यै पनि पदको लागि मरिहत्ते नगरेको बताउनुभयो । एकीकृत समाजवादी सुदृरपश्चिम् सम्पर्क कमिटीद्वारा राजधानीमा आयोजित बधाई तथा शुभकामना कार्यक्रम बोल्दै अध्यक्ष नेपालले कुशल संगठक कुँवरले वरु पद भन्दा पनि संगठन निर्माणमा सधैव चाँसो व्यक्त गर्दै आउनुभएको बताउनुभयो ।

Samajik New Add 2082

उहाँ सदैब पार्टी संगठन निर्माण र सुदृढीकरण अभियान लागेका कारण अछाममा कम्युनिस्ट पार्टीले २०६४ सालदेखि सफलता प्राप्त गर्दै आएको धारणा व्यक्त गर्नुभयो । पार्टीको संगठन निर्माण जुन काम नवनियुक्त श्रम रोजगार सामाजिक सुरक्षा मन्त्री कुँवरले गर्नुभयो, अरु यति सम्म कसैले गर्न सकेन अध्यक्ष नेपाल भन्नुभयो ।

आज भन्दा आठ महिना अघि पनि मन्त्री कुँवरले पार्टी हितभन्दा आफ्नो पद गौण भन्दै अरुको लागि त्याग गर्ने साहस गरेकोमा प्रसंशा व्यक्त गर्नुभयो । पार्टीका नेताहरूले आत्मकेन्द्रित अवसरवादी सो एवं गलत चिन्तन तथा प्रवृति त्याग्दै जिवन्त पार्टी निर्माणको लागि मन्त्री कुँवरवाट धेरै कुरा सिक्नु पर्नेमा जोड दिनुभयो । उहाँले पार्टीमा वैचारिक र सैद्धान्तिक कामप्रतिको पूर्वाग्रह, उदासीनता, अनुशासनहीनता र क्रान्तिकारी आचरण, पद्धति र शैलीमा गम्भीर समस्याहरू देखा पर्न थालेको भन्दै नेता कार्यकर्ताको ध्यानाकर्षण गराउनुभयो ।

समाजवादी पार्टीबाट नवनियुक्त मन्त्रीलाई जनताको चाहना अनुसार काम गर्नको लागि निर्देशन समेत दिनुभयो। बधाई तथा शुभकामना कार्यक्रममा पार्टीका केन्द्रिय उपाध्यक्ष प्रमेश हमाल, केन्द्रिय सचिव सुदृरपश्चिम् प्रदेश कमिटी ईन्चार्ज गरिमा शाह, पोलिटव्युरो सदस्य भानुभक्त जोशी, गणेश विक, नवनियुक्त श्रम रोजगार सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर, सुदृरपश्चिम् प्रदेशका भौतिक पुर्वाधार मन्त्री दीर्घ सोडारी, आर्थिक मामिला मन्त्री प्रकाश रावल लगायतको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.