पाँचथरमा पहिराेले घर बगाउँदा तीन जना बेपत्ता : उद्धार कार्य चल्दै

काठमाण्डौः पाँचथरमा पहिरोले घर बगाउँदा तीन जना बेपत्ता भएका छन् ।

फालेलुङ गाउँपालिका–७ विहीदिनका रुपलाल मगरको घर पहिराेले बगाउँदा ४२ वर्षीय रुपलालसहित उहाँकी श्रीमती ३८ वर्षीया गोमा र १९ वर्षीया भतिजी एलिसा बेपत्ता भएका छन् ।

Everest Incitute

बेपत्ताको खोजी भइरहेको छ । गएराति पहिरोले घर बगाउँदा रुपलालका काका ७१ वर्षीय दलप्रसाद मगर भने उछिट्टिएर बाँच्न सफल हुनुभएको छ । पहिरो ढुङ्गा, माटोले बनेको घर तथा गोठ बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

प्रहरीचौकी सिदिनको टोली र नेपाली सेनाको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो ।

-ujallo

Health office
P & T Computers
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.