साहस ऊर्जाको ७० लाख कित्ता आइपिओ खुल्यो

Kirci Gyan Kendra

काठमाडौं, असोज ६

Samajik New Add 2082

साहस ऊर्जा कम्पनीले कुल ७० लाख कित्ता सर्वसाधारण समूहको प्राथमिक सेयर (आइपिओ)को बिक्री खुल्ला गरेको छ। कम्पनीले अंकित मूल्य १ सयका दरले कुल ७० लाख कित्ता आइपिओ आजदेखि बिक्री खुल्ला गरेको हो।
यसमध्ये ३ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषका लागि र २ लाख १० हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ। बाँकी ६४ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँड हुनेछ।

हालका दिनमा आइपिओ पाउनेको संख्या ज्यादै न्यून रहँदै आएकोमा यस कम्पनीको भने कुल ६ लाख ४४ हजार जनाले १० कित्ताका दरले पाउने छन्। हाल आइपिओ भर्नेको संख्या झण्डै २४ लाखको हाराहारीमा पुग्ने गरेको छ।

न्यूनतम १० कित्ता र अधिकतम १० लाख ५० हजार कित्तासम्मका लागि आवेदन दिन पाइनेछ। कम्पनीको आइपिओमा असोज १० गतेसम्म आवेदन दिन सकिनेछ।

सिडिएससीको मेरो सेयर र आफ्नो बैंक खाता रहेको जुनसुकै शाखाबाट आवेदन दिन सकिनेछ। बिक्री प्रवन्धकका रुपमा एनआइबिएलएस क्यापिटल रहेको छ।

कस्तो छ कम्पनी?

Saud Agro Kailash

इक्रा नेपालले कम्पनीलाई बीबीप्लस रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनी औसत मध्यम स्तरमा राम्रो जनाउँछ। जारी पुँजीको ७० प्रतिशत संस्थापक सेयर र १० प्रतिशत स्थानीयबासी तथा २० प्रतिशत सेयर सर्वसाधारणमा जारी हुनेछ।

यस कम्पनीले सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिकामा ८६ मेगावाट क्षमताको सोलुखोला (दूधकोसी) जलविद्युत आयोजना निर्माण गरिरहेको छ।

ब्याजसहित आयोजनाको लागत प्रतिमेगावाट १३ करोड ७९ लाख रहेको छ। ब्याजसहित कुल लागत ११ अर्ब ८६ करोड लाग्ने अनुमान छ। पछिल्ला वर्षमा बन्ने गरेका आयोजनामध्ये यसको लागत न्यून देखिन्छ।

यद्यपि तोकिएको समयमै आयोजना सम्पन्न गर्ने चुनौति छ।  आयोजना समग्रमा ७२ प्रतिशत सम्पन्न भइसकेको कम्पनीले दावी गरेको छ। बिद्युत उत्पादन हुने सम्भावित मिति २०७९ जेठ २० गते तोकिएको छ। आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ८.०२ वर्ष छ।

प्रक्षेपित विवरणअनुसार आर्थिक वर्ष ०८०/८१ मा कम्पनीको प्रतिसेयर नेटवर्थ १६९ रुपैयाँ ७१ पैसा पुग्ने छ। सोही अवधिसम्म प्रतिसेयर आम्दानी २८ रुपैयाँ २८ पैसा पुग्ने कम्पनीको प्रक्षेपण छ।

कम्पनीको रजिष्ट्रार कार्यालय काठमाडौंको कमलादीमा छ। कम्पनीमा हाल ८ हजार ८७ जना संस्थापक सेयर धनी छन्।

उत्पादित विद्युत शक्ति विद्युत गृहको बाहिरपट्टि रहने स्वीचयार्डमा ३×३६००० के.भि.ए. क्षमताको १३२/११ के.भि.को ट्रान्सफर्मर हुंदै प्रस्तावित १२ कि.मि. लामो १३२ के.भि. प्रशारण लाईन मार्फत नेपाल विद्युत प्रधिकरणको निर्माणाधीन लमाने सव–स्टेशन ( तिङ्गला) मा जोडी राष्ट्रिय प्रशारण प्रणालीमा समाहित गरिनेछ।

 

-Setopati

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.