सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलकाे संयोजन कृष्ण सिटौलाले गर्ने

काठमाण्डाै : सत्तारूढ गठबन्धनको चुनावी तालमेलका लागि सिट बाँडफाँटका विषयमा प्रस्ताव तयार पार्न गठित कार्यदलको संयोजकमा नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला चयन हुनुभएको छ ।

Everest Incitute

आज सोमवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदलको पहिलो बैठकले कार्यदलको संयोजन गर्ने जिम्मेवारी कांग्रेसका पूर्वमहामन्त्री सिटौलालाई दिने निर्णय गरेको हो । कार्यदलको संयोजन गर्ने जिम्मेवारी सिटौलालाई दिने निर्णय गरिएको बताउँदै कांग्रेस नेतासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भन्नुभयो, ‘आजकाे बैठकमा सबै साथीले आ–आफ्नो दृष्टिकोण राख्नुभएको छ । बैठक सकारात्मक रूपले आजलाई स्थगन भएको छ । फेरि बैठक बसेर थप छलफललाई अगाडि बढाउँछौं ।’

कार्यदलको अर्को बैठक यही साउन २६ गते दिउँसाे ४ बजेका लागि बोलाइएको छ । बैठकमा सबै दलका नेताहरूले चुनावी तालमेलका लागि सिट बाँडफाँटका विषयमा आ–आफ्ना दलका धारणा प्रस्तुत गरेका थिए ।

सत्तारूढ गठबन्धनमा आबद्ध दलहरूबीच आउँदाे मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावपछि पनि गठबन्धनलाई कायमै राखेर अघि बढ्ने विषयमा छलफल भइरहेको बताइएको छ ।
उज्यालो अनलाइन

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.