प्रचण्डसँग बाबुराम र नारायणकाजीको संयुक्त भेट

Kirci Gyan Kendra

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेकपा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भटराईले भेटवार्ता गरेका छन् । उक्त भेटमा माओवादी केन्द्रका अर्का नेता नारायणकाजी श्रेष्ठ समेत सहभागी रहेका थिए ।

Samajik New Add 2082

बिहीबार बिहान हात्ती वन स्थित एक घरमा तीन नेताबीच करिव एक घण्टा भेटवार्ता भएको बाबुराम निकट एक नेताले रातोपाटीलाई बताए ।

Saud Agro Kailash

‘बिहान सवा ९ बजेदेखि सवा १० सम्म भेट भएको हो । भेटवार्तामा चुनावी तालमेलका र पार्टी एकताबारे छलफल भएको छ’, ती नेताको भनाइ छ । उपेन्द्र यादव नेतृत्वको जसपाबाट छुटिएर नेसपा बनाएका भट्टराई पाँच दलीय गठबन्धनमा आवद्ध हुन चाहान्छन् ।

डा. भट्टराईले औपचारिक रुपमा आफ्नो नेतृत्वमा पार्टी गठन गरेपछि राजनीतिक भेटवार्ता अघि बढाएका हुन् । यसअघि प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवासँग भेटेका भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललगायत प्रमुख राजनीतिक दलका नेताहरुलाई भेट्ने डा. भट्टराई निकट नेपसा नेता विश्वदीप पाण्डेले बताए ।

-ratopati

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.