तुर्माखाद बासिहरूकाे हितका निम्ति काेहि कसैसंग सम्झाैता नगर्नेः अध्यक्ष डम्वर बिसी

Kirci Gyan Kendra

अछामः

Samajik New Add 2082

तुर्माखाँद गाउँपालिका अध्यक्ष डम्वर बिसीले तुर्माखाद बासिहरूकाे हितका निम्ति काेहि कसैसंग सम्झाैता नगर्ने बताएका छन । सामाजिक सञ्जालमा सार्वजनिक जानकारी सम्वन्धमा अनुरोध गर्दै बिसीले सो कुरा बताएका हुन ।

Saud Agro Kailash

गाउँ कार्यपालिका सदस्यहरुले केही दिन देखी विभिन्न खाले माग राखीरहेको भन्दै उहाँले नेपालको संविधान २०७२ र स्थानीय तह संचालन ऎन २०७४ ले परिकल्पना गरे अनुसार स्थानीय तहमा जन निर्बाचित कुनैपनी सदस्य सत्ता पक्ष र प्रतिपक्षी नहुने कुरा जानकारी गराएका छन । “यधपी सदस्यहरुले राख्नु भयको मागप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।” उनले भनेका छन  – “काम गर्दै जादा केही समस्याहरु आउन सक्छन् ति समस्याको वार्ता, सम्बाद र छलफलवाट मात्रै हल खोज्न सकिन्छ, हाल म र कार्यलय प्रमुख काम बिशेषले बाहिर छौ । मैले काम बिशेषले बाहिर जाने कुरा सदस्य साथिहरुलाई जानकारी गरायर नै बाहिर आयका हो । समस्या समाधान गर्न वार्ता र छलफलका लागि म सधै तयार थिएं र छु ।”

केही मान्छेहरुले आफ्नो नाम जोडेर विभिन्न आरोप र केही चरित्र हत्या गर्ने गरि सामाजिक संजाल प्रयोग गरेको भन्दै अध्यक्ष बिसीले यसप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरेका छन । “यो सब के कारण भैरहेकोछ र त्यसमा क-कस्को के के भुमिका छ ? बिसीले प्रश्न गर्दै भनेका छन – “त्यस्को वास्तविकता के हो भन्ने सम्बन्धमा म फर्की सकेपछी पत्रकार सम्मेलन मार्फत सम्पुर्ण तुर्माखाद बासी दाजुभाइ तथा दिदिबहिनीहरुलाई जानकारी गराउनेछु ।”

आफुले कुनै पनि ब्याक्तिगत स्वार्थ नराखेको  र म कसैको पनि ब्याक्तिगत स्वार्थ पूरा हुन नदिने बिसीले बताए । राजनीतिक आस्था तथा दलगत रुपमा कसैप्रती पनि आग्रह वा पुर्बाग्रह नराख्ने समेत अध्यक्ष बिसीको भनाई छ । “गाउँपालिकाको अध्यक्षको जिम्मेवारी मेरो जिबनको अन्त्य नभै सुरुवात मात्रै हो भन्ने कुरा संग म सदैव सचेत छुं, गाउँपालिका बासिहरुले म प्रती गरेको आशा अपेक्षा र भरोसा पर्ती म सधै सचेत छु र तपाईंहरुले ५ बर्षका लागि दिनुभएको साझा जिम्मेवारीलाई त्यही रुपमा निर्बाह गर्ने प्रतिबद्धता व्यक्त गर्द्छु ।” बिसीले भनेका छन ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.