एमालेबाट अछाम १ मा डा. भिम रावल र २ मा यज्ञ बोगटी एकल सिफारिस

छाम : नेकपा एमालेका पूर्व उपाध्यक्ष तथा उपप्रधानमन्त्री डाक्टर भिम रावलको नाम अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सर्वसम्मत एकल सिफारिस भएको छ । एमाले क्षेत्रीय कमिटीको आज बसेको बैठकले रावलको नाम सर्वसम्मत सिफारिस गरेको हो । रावल २०४८ सालदेखि निरन्तर अछाम क्षेत्र नम्बर १ बाट चुनाव लडदै आएका छन ।

Everest Incitute

त्यसैगरी वर्तमान सासंद यज्ञ बोगटीको नाम क्षेत्र नम्बर २ बाट एकल सिफारिस भएको छ । क्षेत्र नम्बर २ बाट उम्मेदवार टुंगो लगाउन कमलबजारमा बसेको क्षेत्रीय कमिटीले सर्वसम्मत एकल सिफारिस गरेको हो ।

नेकपा एकीकृत समाजवादी अछामले क्षेत्र नम्बर १ बाट श्रम रोजगार मन्त्री शेर बहादुर कुवरको र २ बाट नमराज न्याैपानेको नाम एकल नाम सिफारिस गरेको छ भने नेपाली काग्रेस, नेकपा माओवादी केन्द्रले टुंगो लगाउन बाकी रहेको छ ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.