निर्वाचन प्रणाली नै गलत छः प्रचण्ड

काठमाडौंः

Samajik New Add 2082

नेकपा (माओवादी केन्द्र) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन प्रणाली नै गलत रहेको बताउनु भएको छ । उहाँले विशेष प्रदेशको विशेष प्रशिक्षण कार्यक्रममा बोल्दै यस्तो बताउनु भएको हो ।

भ्रष्टचारमुक्त समाज परिकल्पना गर्न नसकिने बताउनु हुँदै निर्वाचन प्रणाली नै दोषी रहेको उहाँको दाबी रहेको छ । उहाँले भन्नुभयो, ‘यो निर्वाचन प्रणाली बदल्नै पर्छ, यो निर्वाचन प्रणालीले भ्रष्ट र दलालहरुलाई नै अघि ल्याउँछ । जति गरे पनि थाहा नै नपाइन पार्टी र नेतालाई भ्रष्ट बनाउन बाध्य पार्छ । चुनाव जित्न पैसा चाहिन्छ । पैसा भ्रष्ट र दलालसँग हुन्छ ।’ उहाँले चुनाव जित्न भ्रष्ट र दलालसँग सहयोग माग्नु पर्ने बाध्यता रहेको बताउनु हुँदै अनि कसरी पार्टी नेता क्रान्तिकारी हुन्छ भन्दै प्रश्न गर्नु भएको थियो ।

उहाँले भन्नुभयो, ‘अनि हाम्रो शासन प्रणाली जस्तो छ ? प्रधान्मन्त्री हुनको लागि सांसद हुनै पर्ने । संसदनै मन्त्री हुने प्रधानमन्त्री हुने जुन प्रणाली छ, यो प्रणालीले भ्रष्टचारलाई जगैदेखि संस्थागत गर्न मदत गर्छ ।’ उहाँले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको जरुरी रहेको बताउन हुँदै अनि मात्र भ्रष्टचार रोकिने बताउनुभयो । निर्वाचन र शासन प्रणाली बदल्नुपर्ने भन्दै उहाँले आगामी चुनावपछि माओवादी केन्द्र निर्वाचन र शासन प्रणाली बदल्ने आन्दोलनमा लाग्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘चुनावपछि यो प्रणाली बदल्न सडकमा जानुपर्छ ।’ सडकबाटमात्रै संविधानमा हामीले व्यवस्था गरेको समाजवाद प्राप्त गर्न र यो मेसिनरी बदल्न जनताको बीचमा जानुको विकल्प उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, ‘अहिलेको निर्वाचन प्रणालीलाई कामयै राख्ने, अनि बडो भ्रष्टाचारमुक्त, विचलन र विकृतिमुक्त समाजको कल्पना गर्नुभयो भने त्यो सम्भव छैन ।’

उहाँले आजको विश्वामा आत्मनिर्भरताका निम्ति अपनाउनु पर्ने मार्गचित्रका सम्बन्धमा नेपालको सम्बन्धमा कृषिको क्षेत्रमा क्रान्ति नल्याईकन आत्मनिर्भर नहुने बताउनु भयो । उहाँले भन्नुभयो, ‘अर्थतन्त्रको जग बसाउन सम्भव नै छैन । रुस युक्रेन युद्ध भएपछि संसारभर खाद्यान्न संकट र
आर्थिक संकटको स्थिती देखा पर्दैछ, अहिले ताइवान इस्यु र देशमा चीन र अमेरिका आमने सामने भइसकेपछि नयाँ राजनीतिक पोलाराइजेसन ध्रुवीकरणको स्थिती पनि देखा पर्दैछ ।’

Leave A Reply

Your email address will not be published.