सागर टमट्टाको नेतृत्वमा २३ सदस्यीय जिल्ला बाल संजाल गठन

अछामः

अछाम जिल्लामा बाल संजाल गठन गरिएको छ । सदरमुकाममा २ दिन सम्म संचालन भएको भेलाबाट सबै १० वटै पालिकाको सहभागिता रहने गरि जिल्ला स्तरिय बाल संजाल गठन गरिएको हो ।

Mangala School 2081 subhakamana

सामाजिक विकास कार्यालय अछामको आयोजना तथा वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र आस्था नेपालको आर्थिक सहयोगमा सम्पन्न भेलाले सागर टमट्टाको अध्यक्षतामा २३ सदस्यीय संजाल गठन गरिएको छ । जसको उपाध्यक्षमा रित भण्डारी, सचिवमा देबेन्द्र साउँद, सह-सचिवमा एलिसा रावल, कोषाध्यक्षकम गोपाल भाट लगाएत अन्य सदस्य चयन भएका छन ।

भेलामा बालबालिकाका विभिन्न सवालमा छलफल गरिनुका साथै कार्यविधि निर्माण र वार्षिक कार्ययोजना समेत तयार पारिएको छ । जिल्ला बाल भेला मार्फत बाल घोषणापत्र – २०७९ समेत पारित गरिएको आस्था नेपालका जिल्ला प्रबन्धक रुपक चन्दले बताउनुभयो ।

नवनिर्वाचित बाल संजालका पदाधिकारीहरुलाई जिल्ला समन्वय समिति अछामका प्रमुख ललित कुवरले एक समारोहका विच बधाई सहित प्रमाण-पत्र प्रदान गर्नुभएको थियो। जिल्ला स्तरमा  बाल संजाल गठन भएसंगै बालबालिकाको क्षेत्रमा पैरबीका लागि सघाउ पुग्ने अपेक्षा गरिएको छ ।

 

Health office
Everest Incitute
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.