अछामः
मंगलसेन नगरपालिका न्यायीक समितिकाे तेस्रो बैठक तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । न्यायीक समिति संयाेजक संगिता रावल साेडारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर साेडारी र निवर्तमान नगर उपप्रमुख तथा न्यायीक समिति संयोजक सरिता उपाध्याय लगायत अतिथि रहनुभएको थियो ।
कार्यक्रमका अध्यक्ष तथा न्यायीक समिति संयोजक संगिता रावल सोडारीले न्यायीक समिति पूर्व संयोजक तथा सदस्यहरुलाई न्यायीक सम्पादनको बलियो जग बसालेर गएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दै सम्मानीत गर्नुभयो ।
कार्यक्रममा बोल्दै निवर्तमान नगर उपप्रमुख तथा न्यायीक समिति संयोजक सरिता उपाध्यायले न्यायीक समितिकाे अनुभव सहित सुझाव मन्तव्य राख्नुभयो । सबैको सहयाेगका कारण न्यायीक समितिकाे कार्यसम्पादनका राम्रो हुन सकेको भन्दै उहाँले मेलमिलाप केन्द्र मार्फत पनि न्यायीक सम्पादनलाई प्रभावकारी बनाउन सकिने सुझाव दिनुभयो । साथै उहाँले आगामी दिनमा न्यायीक समितिलाई अझ प्रभावकारी बनाउन आग्रह गर्दै आफू जुनसुकै समयमा पनि जानेबुझेकाे सहयाेग गर्न तयार रहेकाे बताउनुभयो ।
वडानम्वर ४ का अध्यक्ष तथा न्यायीक समिति सदस्य नाम सिंह धामी, सदस्य काैशिला बाेहराको सहभागीता रहेको कार्यक्रममा निवर्तमान न्यायीक समिति संयोजक उपाध्याय सहित निवर्तमान न्यायीक समिति सदस्य पदम सिंह भाट र काैशिला रेग्मीलाई सम्मानित गरिएको थियो ।
केही तस्बिरहरुः
