
जापानः
जापानको चिवा केन नारितामा बस्ने नेपालीहरूको साझाँ संस्था नारिता नेपालले नंया कार्यसमिति चयन गरेको छ । आफ्नो स्थापनाकाल देखी नै विभिन्न सामाजिक, सांस्कृतिक, मनोरंजनात्मक तथा जनचेतनामूलक कार्यक्रमहरु को संचालन गर्दै र सहभागिता जनाऊदै आईरहेको नारिता नेपालले नयाँ कार्यसमिति चयन गरेको हो ।

आगामी दिनहरूमा पनी नेपाल र नेपालीहरूको लागी जापानमा हुने हरेक क्रियाकलापहरूमा रचनात्मक भुमिका खेल्ने र समन्वय गरी अगाड़ी बढ्ने साथै जापानमा रहेका नेपालीहरूको समस्याको समाधानको लागी सधै तत्पर्ताक़ा साथ लागीपर्ने र हातेमालो गर्ने कुरा अवगत गराएको छ ।
आगामी १ बर्षका लागी चयन भएको नयाँ कार्यसमितिको कार्यकारीको ज़िम्मेवारी हर्षचन्द्र गुरुंगले पाऊँनूभएको र बिभिन्न ज़िम्मेवारीमा रहेर नारिता नेपाल किन र केका लागी? र आगामी १ बर्ष नारिता नेपालले गर्ने कार्ययोजना को सूचि प्रस्तुतगरी बोलेर भंदा पनी गरेर देख़ाऊने अठोटका साथ नारिता नेपाल लाग़्ने कुरा संस्थाका vice-secretary बीरेन्द्र रावलले बताऊनु भयो। ।
उल्लेखनीय सहभागिता भएको बैठकको संचालन संस्थाका general secretary राजु थापा मगरले गर्नुभएको थियो । साथै नेपालीहरुको महान चाँड बिजयादशमीको अवसर पारेर आगामी अक्टुबर 16 तारिख आईतबार नेपाली चलचित्र “दुई नम्बरी” को प्रदर्शन गर्न लागेको कुरा जानकारी पनि गराइएको छ ।
