१५ वर्ष प्रधानपञ्च चलाएका खड्क बहादुर थापाको ९५ वर्षको उमेरमा निधन

Purnima Mobile
Samajik Bal biwaha

अछामः

Mangala Bharna

मंगलसेन नगरपालिका वडानम्वर १ भट्टे निवासी समाजसेवी खडक बहादुर थापाको निधन भएको छ । साविक कुन्तिवण्डाली गाविस प्रधानपञ्च थापाको ९५ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको हो ।

Mellekh RM1
Saud Agro Kailash

समाजसेवी थापा विक्रम संवत २०२८ सालमा कुन्तिवण्डाली गाविसको प्रधानपञ्चमा निर्वाचित हुनुभएको थियो भने त्यसपछी निरन्तर २०४३ साल सम्म (३ कार्यकाल) १५ वर्ष प्रधानपञ्चका रुपमा निर्वाचित हुनुभएको थियो ।

निकै शाहसी र हक्की स्वभावका समाजसेवी थापा सामाजिक हित र विकासका लािग निरन्तर जनतासंग हातेमालो गर्दै डटेर लाग्नुभएको स्थानीयको भनाई छ । गाउँवासी जनताहरुको हितका लागि डोटी र दैलेखका अड्डा धाउदै समाजसेवामा तल्लिन रहेका स्व. थापाला वडाका स्थानीयहरुले अभिभावको रुपमा लिने गर्दछन ।

स्व. थापाको भाद्र २८ गतेका दिन बुढिगंगाको छायतडामा अन्तिम दाहसंस्कार गरिने उनका छोरा शेर बहादुर थापाले जानकारी दिनुभयो ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.