अछाम :
अछाममा शुक्रबार देखिको भारी बर्षाका कारण मंगलसेन नगरपालिका वडा नम्बर १३ बस्तिको चाईरा खोला आसपासमा क्षेती भएको छ । चाईराखोलाले स्थानीयका पाक्नै लागेका खेतहरु र अन्य संरचना सखाप बनाएको हो ।
खोलामा आएको बाढीले स्थानियका पाक्नै लागेको धानबाली बगाएको छ । वडाका १५ जना कृर्षिको धानबाली पुर्ण रुपमा बगाएको छ भने राम बहादुर थापाको एक बिगाहा खेत र घर बगाएको छ ।
एक दर्जन घट्ट पनि बगेका छन् । यता बिर्ख साउद र दिल साउदको पसल बगाएको खबर आएको छ । यस्तै चाईराखोलाले एक मिल पनि बगाएको छ ।
बाढीले पाक्नै लागेका खेतहरु बगाउँदा भोकमरीको संकट आउनसक्ने भएकाले स्थानीयहरुले पिडीतलाई राहत तथा क्षतिपूर्तीका लागि सम्वन्धित निकायसंग माग गरेका त्याँहाबाट स्थानिय धनबिर नेपालीले जानकारि दिनुभएको छ ।
