नेपाल रेडक्रस साेसाइटी उप शाखा साँफेबगरले जिल्लाका ३ स्थानिय तहका पहिरोबाट आफन्त गुमाएका परिवारका लागि आर्थिक संकलन अभियान थालनि गरेको छ । भाद्र ३१ गतेका दिन अबिरल बर्षाका कारण अछाम जिल्लाकाे तुर्माखाद, ढकारी गाँउपालिका र कमलबजार नगरपालीकाका बिभिन्न स्थानमा भएकाे भाैतिक तथा मानविय क्षती पिडितहरुलाई सहयाेगार्थ राहत सकलनको थालनी गरिएको हो ।
पहिलो दिन साँफेबगर नगरपालिका स्थित एयरपाेर्ट बजार र हाटबजारमा आर्थिक संकलन गरिएको छ । जसबाट ५१ हजार ४ सय ३२ रकम संकलन भएको नेपाल रेडक्रस शोसाईटी अछाम शाखा सदस्य जानकी बोहराले जानकारी दिनु भयो ।
उक्त राहत सकलन कार्यक्रममा नेपाल रेडक्रस साेसाइटी जिल्ला शाखा का सदस्य मिन बहादुर कुँवर, जानकी बाेहरा, उपशाखा साँफेबगरका सभापती ललित कुँवर लगायत समितिका पदाधिकारी, जुरेशका बिधार्थि, सानपा ४ का सदस्य केवल सिह आउजी लगायतकाे सहभागीता रहेकाे थियाे ।
राहत संकलन अभियानको दोस्रो दिन दुबै बजारमा रहेका सरकारी गैर सरकारी निकाय र वित्तिय संघ सस्थाबाट समेत सहयाेग सकलन गर्ने याेजना रहेकाे उप शाखा कार्यालय साँफेबगरले जनाएको छ । दुख:द घडिमा सक्दाे मानविय सहयाेग गरिदिन समेत सबैलाई आग्रह गरिएको छ ।