अछाममा भालुको आक्रमणबाट एक जना गम्भीर घाईते

भवानी ढुंगाना : सोमबार बेलुकी अछाममा भालुले आक्रमण गर्दा एकजना गम्भीर घाइते भएका छन । साँफेबगर नगरपालिका वडा नम्बर१२ खप्तड निबासी ५८ बर्षिय प्रेम कडायतलाई भालुले आक्रमण गरेको हो ।

घाइते कडायतको कम्मर, दायाँ हातका साथै टाउकोमा गम्भीर चोट लागेको छ । वयलपाटा अस्पतालमा उपचार हुन नसकेपछि सामान्य उपचार पछि थय उपचारका लागि धनगढी रिफर गरिएको बयलपाटा अस्पतालले जनाएको छ ।

कडायत खप्तड राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्र भडेला खोलामा बाख्रा चराएर घर फर्किने क्रममा भालुले आक्रमण गरेको हो ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.