नन्देगडामा वडा अध्यक्षको घरमा आगलागी हुँदा २ लाख ५२ हजार नगद सहित सबै सामना जलेर नष्ट

Purnima Mobile
Samajik Bal biwaha
Saud Agro Kailash

लाल बहादुर चदारा, मेल्लेखः
अछामको मेल्लेख गाउपालिका वडा न. ७ नन्देगडा काे महर बस्ती स्थित एक घरमा आगलागी भएको छ । सोही वडाका वडा अध्यक्ष प्रेम बहादुर महरको घरमा आगलागि हुँदा २ लाख ५२ हजार नगद सहित घरमा रहेका सबै सरसामान जलेर नष्ट भएको हो ।
घरमा अचानक बिद्युत लाईन सट भई आगलागि भएको जनाईएको छ । बिहिबार बिहान ८ बजेट घरका सबै परिवार पितृ कार्य (श्राद्धे) गरिरहेकाे बेला बन्द रहेकाे काेठामा विधुत लाइन सट भएर आगलागी भएको वडा अध्यक्ष महरले बताउनुभयो ।
आगलागिबाट घरमा रहेको खाद्यान्न, लुगा कपडा, महत्त्वपूर्ण कागजात जलेर सबै खरानी भएकाे उहाँले जानकारी दिनुभयो  । केही समयपछी स्थानीयले आगो नियन्त्रणमा लिएका थिए । प्रहरी चाैकि मेल्लेख बाट खटि गएको टाेलिले क्षति काे विवरण संकलन गरेको जनाईएको छ ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.