भदौ ३१ गते परेको अविरल वर्षका कारण अछामका कमलवजार नगरपालिका, तर्माखाँद र ढकारी गाउँपालिकामा २२ जनाले ज्यान गुमाएका छन ।
मंगलसेन नगरपालिकाको तर्फवाट राहत प्याकेज सहित नगरप्रमुख वोहराले मृतकका परिवार संग भेटघाट गरेका छन । भेटघाटका क्रममा मृतक प्रति श्रदान्जली व्यक्त गर्दै मृतकका परिवार र सम्बन्धित वडा वासिहरुमा समवेदना प्रकट गरेका छन ।
नगर प्रमुख वोहराको नेतृत्वमा गएको नगरपालिकाको टोलीले प्रति मृतक रु १० हजारका दरले मृतका परिवारलाई राहत हस्तान्तरण गरेका छन । राहत वितरण गर्दै नगरप्रमुख बोहराले यस्तो विपदको घडीमा हतोस्ताहित नभई धैर्य रहन अनुरोध गरेका छन ।
सोकमा रहेका मृतक परिवारलाई तत्कालै पर्ने समस्यामा सहजता होस भन्ने उद्येश्यले राहत वितरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीले वताउनु भयो ।
कमलबजार नगरपालिकाको वडा नं ६ का ७ जना, सोहि नगरपालिका वडा नं ८ का ५ जना, तुर्माखाँद गाउँपालिका वडा नं ५ का ९ जना लाई घटना स्थलमै पुगरे राहत वितरण गरिएको नगरपालिकाका सूचना अधिकारी बिष्णु प्रसाद जैसीले जानकारी दिनु भएको छ ।
नगर प्रमुख बोहराको नेतृत्वमा गएको टोलमा नगरपालिकाका प्रवक्ता तथा वडानम्वर ३ का अध्यक्ष बृख बाेगटी, प्रशासन शाखा प्रमुख बिष्णु प्रसाद जैसी, बातावरण विपद व्यवस्थापन शाखा प्रमुख नरेश बहादुर कठायत, समाजसेवी भिम जनाला र रेडियो गाउँघरका कार्यकारी निर्देशक टेक बहादुर थापा रहनु भएको थियो ।