लाल बहादुर चदारा, मेल्लेखः
मेल्लख गाउपालिका बिपद व्यवस्थापन समितिकाे बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएका छ । मेल्लेख गाउपालिका अध्यक्ष ज्वाला सिं साउदकाे अध्यक्षातमा भएकाे बैठकमा केहि दिन अघि आएकाे लगातार बर्षाका कारण मेल्लेखका विभिन्न स्थान मा गएकाे पहिराे बाट भएकाे क्षेति बारे लेखाजोखा गरिएकाे छ ।
पहिराे बाट उच्च जाेखिममा रहेका टाेल बस्ती र जाेखिमा परेका घरधुरीकाे बिवरण संकलन गरिएकाे छ । यस्तै विपद संकट क्षेत्र घाेषणा गर्ने, वडा स्तरीय विपद समिति गठन गर्ने, विपद जाेखिम क्षेत्रकाे समस्या पहिचान गर्ने निर्णय गरेकाे छ ।
बैठकले डेङगाे राेग लाग्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै बच्ने उपाय र सरसफाइमा ध्यान दिने विषयमा पनि छलफल गरिएको छ । साथै पहिरोमा परि ढकारि, तर्माखाद, कमलबजारमा भएकाे मानविय क्षेतिप्रति दुःख व्यक्त गरेकाे छ ।
बैठकमा मेल्लेख गाउँपालिकाका उपाध्यक्ष नृप बहादुर खड्का, प्रमुख प्रशासकीय अधिकृत ध्रुब प्रसाद सापकोटा, वडा अध्यक्षहरु, विपद समितिका पदाधिकारीहरु लगायतको सहभागिता रहेकाे थियो । बैठककाे संचालन पालिका विपद समिति सचिव नमरा बहादुर शाहीले गर्नु भएको थियाे ।