मौसम बदली : सुदूरपश्चिमका केही ठाउँमा अतिभारी वर्षाको सम्भावना

९ असोज, काठमाडौं ।

आज पनि मौसम बदली भएको छ । देशभर मौसम सामान्यदेखि आंशिक बदली भई केही ठाउँमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश नं १, बागमती प्रदेश तथा सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङसहित वर्षा भइरहेको छ ।

आज दिउँसो सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ भने कर्णाली, लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जाएको छ ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.