केआइसिंह राजमार्ग अवरुद्ध, साहुखर्कमा पनि पहिरो

धनगढी: शनिबार साँझदेखि परेको लगातारको वर्षाका कारण केआइसिंह राजमार्ग अवरुद्ध बनेको छ। राजमार्ग अन्तरगत डडेल्धुराको रडुवा खोलामा पहिरो जाँदा सडक अवरुद्ध बनेको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ।

Samajik New Add 2082

आइतबार बिहान डडेल्धुरा–डोटी जोड्ने उक्त राजमार्ग अवरुद्ध हुँदा सवारीसाधन बीच बाटोमै रोकिएका छन्। यस्तै भीमदत्त राजमार्ग अन्तरगत डडेल्धुराको साहुखर्कमा पनि पहिरो खसेको छ।

माथिबाट खसेको पहिरोले आधा सडकमा अवरोध गरेपछि अहिले एकतर्फी रुपमा सवारी गुडीरहेका छन्। त्यहाँ सवारी जाम लागेको यात्रुहरुले बताएका छन्।

‘सडक पहिरोले ढाकेपछि एकतर्फी रुपमा ठुला सवारीले वारपार गरिरहेका छन्। तर साना सवारी साधनलाई भने सास्ती भएको छ’ एक यात्रुले भने।

Leave A Reply

Your email address will not be published.