अनेरास्ववियु अछामद्धारा विभागिय जिम्मेवारी बाँडफाड

अछाम : अनेरास्ववियु अछाम जिल्ला सचिबालय को दोस्रो बैठक सम्पन्न भएको छ । अनेरास्ववियु अछामका जिल्ला अध्यक्ष नरेन्द्र खड्काको अध्यक्षतामा भएको बैठकमा बिजयादशमीको उपलक्ष्यमा शुभकामना आदान रप्रदान गर्दै बैठकबाट अनेरास्ववियु अछामले विभागिय जिम्मेवारी बाडफाड गरेको हो ।

जसमा संगठन विभाग प्रमुख श्याम सुन्दर रावल, प्रचार विभाग प्रमुख रेबन्त बिस्ट, प्रशिक्षण विभाग प्रमुख राजकुमार सुनुवार, महिला विभाग मनपूरा शाही, शैक्षिक विभाग मनोज थापा, रचनात्मक तथा सामाजिक सरोकार विभाग चित्र भण्डारी, प्रकाशन विभाग सन्तोष भण्डारी, खेलकुद विभाग राम बहादुर साउद, स्वास्थ विभाग बालकृष्ण भण्डारी, कार्यालय विभाग सबिता भण्डारी, स्ववियु परिचालन तथा विद्यार्थी कल्याण विभाग मिलन साउद र सम्पर्क विभागको जिम्मा देवसरा भण्डारीलाई तोकिएको छ ।

नेकपा एमाले जिल्ला पार्टी सचिव भिम बहादुर रावल कालो टोपी प्रमुख अतिथि ,हनु भएको कार्यक्रममा अनेरास्ववियु केन्द्रिय सदस्य एबम अछाम जिल्ला सह इन्चार्ज सुरेन्द्र साउद, प्रदेश कमिटी सदस्य एबम संगठन विभाग प्रमुख प्रेम देबकोटाको समेत सहभागीता रहेको थियो ।

बैठकको संचालन अनेरास्ववियु अछामका सचिब भिम बडाहितले गर्नु भएको अनेरास्ववियु अछाम जिल्ला प्रबक्ता रेवन्त विष्टले जानकारी दिनुभएको छ ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.