मंगलसेन न. पा. १२ द्धारा बडादशैंको शुभकामना आदान प्रदान

मंगलसेन नगरपालिका वडानम्वर १२ मा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालयको आयोजनामा बडादशैं तथा शुभ दिपावलीको अवसर पारि कार्यक्रम गरिएको हो ।

Samajik New Add 2082

वडा अध्यक्ष खगेन्द्र बहादुर रावलको अध्यक्षतामा भएको कार्यक्रममा उपस्थित सबैैले वडा दशैं तथा शुभ दिपावलिको अवसरमा एक आपसमा शुभकामना आदान प्रदान गरेका थिए । कार्यक्रममा पूर्व वडा अध्यक्ष प्रेम बहादुर रावल, नेकपा एमालेका नगर कमिटी सचिव डम्मर रावल, नेपाली काँग्रेसका क्षेत्रीय प्रतिनिधि दिलु भण्डारी, नेकपा एकिकृत समाजवादीका जिल्ला सचिवालय सदस्य बम बहादुर रावत, वडा सदस्य प्रेम बहादुर रावल, रुप कुवर, स्वास्थ्यचौकि ईञ्चार्ज मान बहादुर सोडारी अतिथि रहनुभएको थियो ।

यस्तै कार्यक्रममा कालिका निमाविका प्रधानाध्यापक पूर्ण बहादुर रावल, कोकिला आधारभूत विद्यालयका प्रधानाध्यापक शान्ति शाही, सामुदायीक अध्ययन केन्द्रका देवी शाही, दलित प्रतिनिधि ललिता ढोली, युवा संजालका गणेश सार्की, वडाका कर्मचारी संगिता रावल, जनक चन्द लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रमको सञ्चालन वडा सचिव दिल बहादुर केसीले गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.